१२ फागुन, हेटौडा । शान्तिटोल टोल विकास संस्था हेटौँडा– ६ शान्तिटोल द्वारा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा सोमवार सम्म १५ लाख बढी रकम संकलन भएको छ ।
सप्ताहमा हेटौँडा–६ शान्तिटोल निवासी महायज्ञका संयोजक केशव धितालबाट ५७ हजार ७१७, शिवम सिमेन्टबाट २१ हजार, रंगशाला गौरिटार टोल विकास संस्थाबाट १६ हजार ५, हेटौँडा–६ चौघडा निवासी नारायण प्रसाद लामिछानेबाट १ हजार २२२ रुयैयाँ प्राप्त भएको छ ।
यसैगरी मोर्डन ईन्स्फाक्चरबाट ११ हजार १११, हेटौडा ६ शान्तिटोल निवासी सावित्रीदेवी ढुंगानाबाट ११ हजार १११, सोहि ठाउँ निवासी तिर्थ खड्काबाट ११ हजार १११, हेटौँडा–१७ चुच्चेखोला निवासी श्यामकुमार मानन्धरबाट ११ हजार १११, हेटौडा–६ चौघडा निवासी दुर्गा लामिछानेबाट ११ हजार १११ र माथिल्लो हातीलेट टोल विकास संस्था हेटौँडा–६ बाट ११ हजार १११ सहयोग प्राप्त भएको छ ।
यस्तैगरी हेटौँडा १७ चुच्चेखोला निवासी शिव प्रसाद गौतमबाट १० हजार १५५, हेटौँडा ६ चौघडा निवासी निरज चौलागाईँबाट १० हजार १५५, निकेश चौलागाईँबाट १० हजार १५५, संसारिदेवी नवदिब्य महिला समूह, हेटौँडा–६ बाट १० हजार १११ रकम संकलन भएको महायज्ञका कोषाध्यक्ष पूर्णभद्र चौलागाईँले जानकारी दिए ।
हेटौँडा– ६ मा रहेको विपी गणेशमान स्मृति शान्ति पार्कमा राधाकृष्ण मन्दिर र ज्येष्ठ नागरिक मिलन केन्द्र बनाउने पवित्र उद्वेश्यका साथ लगाईएको सप्ताह ज्ञान महायज्ञ फागुन १५ गतेसम्म सञ्चालन हुने संयोजक केशव धितालले बताए ।
युवा पण्डित बद्री विशाल शास्त्री ढुंगाना र निर्जल पौडेल उपवाचकबाट सुमधुर संगितका साथ दैनिक प्रवचन भैरहेको हुँदा समस्त धर्मप्रेमी महानुभाहरुलाई प्रवचन श्रवणको लागि उपस्थित भई दिनुहुन आयोजक समितिले अनुरोध गरेको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।