१२ फागुन, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष पदमा प्राध्यापक डा. दिनेश कुमार लम्साल नियुक्त भएका छन् । आइतबार प्रा. डा. लम्साललाई ४ वर्षे कार्यकालका लागि उक्त पदमा नियुक्त गरिएको हो ।
प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले शिक्षाध्यक्ष पदमा प्रा. डा. लम्साललाई नियुक्त गरेकी हुन् । प्रदेशमा स्वास्थ्य मन्त्रालय रहेपनि कानुन संशोधन नहुँदा उक्त मन्त्रालयले अधिकार पाउन सकेको छैन । जसका कारण स्वास्थ्य मन्त्रीले वितरण गर्नुपर्ने नियुक्ति सामाजिक विकास मन्त्रालय मार्फत गरिएको हो ।
प्रा. डा. लम्साललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को दफा १९ उपदफा ९१० अनुसार शिक्षाध्यक्ष पदमा नियुक्त गरिएको हो । गत वैशाख २०८१ मा मात्र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा नियुक्त भएका उनलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त गरिएको हो ।
इमर्जेन्सि तथा फेमेलि मेडिसिनका विशेषज्ञ रहेका उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल रिभ्यु बोर्डका सदस्य समेत भइसकेका छन् । सिभिल अस्पतालमा १५ वर्ष कार्य अनुभव बोकेका उनले यसअघि नेम्स वीर अस्पतालमा ७ वर्ष प्राध्यापन गरेका थिए ।
प्रतिष्ठानको शिक्षाध्यक्ष डा. सुरेन्द्र शेरचनले राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो । डा. शेरचनले गत मा पदबाट राजीनामा दिएका थिए ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।