शिक्षा विकासको मुल आधारः मुख्यमन्त्री लामा

१६ फागुन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले शिक्षा बिना विकासको कल्पना गर्न नसकिने बताएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयको ४३ औं अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले यस्तो बताएका हुन् ।

उनले शिक्षा नै विकासको मेरुदण्ड भएको उल्लेख गर्दै गलत शिक्षाबाट देश र समाजको पनि विकास नहुने बताए । मुख्यमन्त्री लामाले निजी विद्यालयहरुको शिक्षा क्षेत्रमा ठुलो योगदान रहेको भन्दै प्रशंसा गरे । निजी क्षेत्रका विद्यालयहरुले सामुदायिक विद्यालयहरुलाई ठुलो चुनौती थपेको उनको भनाई थियो ।

मुख्यमन्त्री लामाले विद्यालय शिक्षा प्रदेश सरकारको एकल अधिकार भित्र नपर्दा चाहे जति काम गर्न नसकेको बताए । स्थानीय र संघ सरकारको जति संरचना प्रदेश सरकारसंग नभएको समेत मुख्यमन्त्री लामाले गुनासो गरे । प्रदेश सरकारको एकल अधिकार अन्तर्गत रहेर विश्वविद्यालय स्थापनाको अवधारणा अघि सारेको उल्लेख गर्दे उनले केन्द्र र स्थानीय सरकारको संरचनामा टेकेर काम गर्नुपर्दा धेरै पापड बेल्नुपरेको दावी गरे ।

विद्यालयका प्रधानाध्यापक रघुनाथ खरालको सभाध्यक्षतामा भएको कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामा, प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा विद्यालयका विद्यार्थीहरुले विविध मनोरञ्जनात्मक गीत, संगित र कला प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...