१६ फागुन, हेटौँडा । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु बनाएर राति भूकम्प गएको छ । शुक्रबार बिहान २ः५१ बजे भैरवकुण्ड आसपास केन्द्र बनाएर ६.१म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भुकम्प काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा महसुस गरिएको थियो । भुकम्पको धक्का विशेषगरी बागमती, कोशी र मधेशका जिल्लाहरुमा महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।
रातको समयमा भुकम्प गएकाले क्षतिको विवरण भने प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।