हेटौँडा भेट्रान्स कपः फ्रिडम फाईटर, नागस्वती, बगरभाई र किङकम क्वाटर फाइनल प्रवेश

२३ फागुन, हेटाँडा । हेटाँडामा जारी दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार चार खेल सम्पन्न भएका छन् । हेटौँडा भेट्रान्स क्लबको आयोजनामा आगामी २६ गते सम्म चल्ने प्रतियोगितामा फ्रिडम फाईटर, नागस्वती, बगरभाई र किङकम क्वाटर फाइनल प्रवेश प्रवेश गरेका छन् ।

हेटौडा ४ स्थित हुप्रचौर खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत शुक्रवारको पहिलो खेलमा फ्रिडम फाइटर ठमेल विजयी भएको छ । फ्रिडमले चितवन भेट्रान्सलाई दुई शून्य गोल अन्तरले पराजित गरेको हो । फ्रिडमको जितका लागि राजकुमार केसी र कृष्ण मालाकारले एक÷एक गोल गरे । खेलको म्यान अफ द म्याच फ्रिडम फाइटर भेट्रान्सका खेलाडी राजकुमार केसी घोषित भए ।

शुक्रबार भएको दोस्रो खेलमा नागस्वती भेट्रान्स विजयी भएको छ । नागस्वतीले सिमरा भेट्रान्सलाई तिन शून्य गोल अन्तरले पराजित ग¥यो । नागस्वतीको तर्फबाट निमा लामाले दुई तथा प्रकाश राना मगरले एक गोल गरे । खेलको म्यान अफ द म्याच नागस्वती भेट्रान्सका खेलाडी निमा लामा घोषित भए । यस्तै शुक्रबार नै भएको तेस्रो खेलमा बगर भाईखलक पोखरा विजयी भएको छ । बगरभाई खलक र एनजेजे भीसि भेट्रान्सबीचको खेल एक एक गोलको बारबरी भएपछि निर्णयका लागि टाइब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा बगरभाईले चार तिन गोल अन्तरले जित निकालेको हो ।

र शुक्रबारको चौथो तथा अन्तिम खेल किङकम भेट्रान्स काठमाडौँ र बुटवल भेट्रान्स बिच हुने तालिका भएपनि बुटवल भेट्रान्स अनुपस्थित भएपछि किङकम भेट्रान्सलाई विजेता घोषित गरियो । प्रतियोगिता अन्तर्गत शनिवार चार क्वार्टरफाइनलका खेलहरू हुने प्रतियोगीताका संयोजक मणिराज गौतमले जानकारी दिए । सयोजक गौतमका अनुसार शनिवार पहिलो खेल दिउसो १ बजे बानेश्वर भेट्रान्स र एबिसि भेट्रान्स बिच हुनेछ भने दोस्रो खेल बगर भाईखलक पोखरा र किङकम भेट्रान्स बिच दिउसो २ बजे हुने तालिका रहेको छ ।

यस्तै तेस्रो क्वाटर फाइनल खेल फ्रिडम फाइटर र नागस्वती भेट्रान्स बिच दिउसो ३ बजे हुने तालिका रहेको छ । यसै गरी चौथो खेल आयोजक हेटौडा भेट्रान्स र बौद्ध भेट्रान्स बिच हुनेछ । प्रतियोगिताको बिजेता टोलीले एक लाख ५० हजार ५ सय ५५ र दोस्रो हुने समूहले ७५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सवोत्कृष्ट खेलाडीले १० हजार र विधागत उत्कृष्ट हुनेहरुले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने संयोजक गौतमले बताए ।

 

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूप...
सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभि...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली ...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय...