सहकारी मन्त्री श्रेष्ठको सय दिनः ३ वटा समस्याग्रस्त सहकारी घोषणा, ८ लाई प्रहरी छानविनमा पठाइयो
२३ फागुन, हेटौँडा । बागमती प्रदेशका सहकारी तथा गरिवी निवारण मन्त्री मदुकुमार श्रेष्ठले जिम्मेवारीालेको एक सय दिनको उपलब्धी सार्वजनिक गरेका छन् । हनिमुन पिरियडको रुपमा लिइने जिम्मेवारी लिएको एक सय दिनमा मन्त्री श्रेष्ठले ३ सहकारीलाई समस्याग्रस्त घोषणा तथा ८ सहकारीलाई छानविनका लागि प्रहरीमा पठाएको जानकारी दिए ।
गत मंसिर ९ साउनमा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नियुक्त गरेका मन्त्री श्रेष्ठले गत मंसिर ७ गते मात्रै जिम्मेवारी पाएका थिए । जिम्मेवारी पाएको गरेको एक सय दिनको अवधिमा मन्त्री श्रेष्ठले शुक्रबार उपलब्धी सार्वजनिक गरेका हुन् । मन्त्री श्रेष्ठका अनुसारमन्त्रालयको लागि भवन तथा पूर्वाधारको व्यवस्थापन, सहकारी अभिलेख तथा कागजहरुको व्यवस्थापन, डिजिटाइलेशनको कार्य प्रारम्भ गरिएको छ भने नियमित रुपमा सहकारी संस्थाहरुको सुपरीवेक्षण तथा नियमनसहित सहकारी बचत पीडितहरुको रकम फिर्ता गराउ...















