सहकारी मन्त्री श्रेष्ठको सय दिनः ३ वटा समस्याग्रस्त सहकारी घोषणा, ८ लाई प्रहरी छानविनमा पठाइयो

२३ फागुन, हेटौँडा । बागमती प्रदेशका सहकारी तथा गरिवी निवारण मन्त्री मदुकुमार श्रेष्ठले जिम्मेवारीालेको एक सय दिनको उपलब्धी सार्वजनिक गरेका छन् । हनिमुन पिरियडको रुपमा लिइने जिम्मेवारी लिएको एक सय दिनमा मन्त्री श्रेष्ठले ३ सहकारीलाई समस्याग्रस्त घोषणा तथा ८ सहकारीलाई छानविनका लागि प्रहरीमा पठाएको जानकारी दिए ।

गत मंसिर ९ साउनमा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नियुक्त गरेका मन्त्री श्रेष्ठले गत मंसिर ७ गते मात्रै जिम्मेवारी पाएका थिए । जिम्मेवारी पाएको गरेको एक सय दिनको अवधिमा मन्त्री श्रेष्ठले शुक्रबार उपलब्धी सार्वजनिक गरेका हुन् । मन्त्री श्रेष्ठका अनुसारमन्त्रालयको लागि भवन तथा पूर्वाधारको व्यवस्थापन, सहकारी अभिलेख तथा कागजहरुको व्यवस्थापन, डिजिटाइलेशनको कार्य प्रारम्भ गरिएको छ भने नियमित रुपमा सहकारी संस्थाहरुको सुपरीवेक्षण तथा नियमनसहित सहकारी बचत पीडितहरुको रकम फिर्ता गराउन पहल गरिएको छ ।

सहकारी व्यवस्थापन तथा सेवा प्रवाहलाई सहज र प्रभावकारी मन्त्रालयले सफट्वेयरको निर्माणको तयार भइरहेको उनले बताए । सहकारीहरुमा देखिएका वित्तीय तथा व्यवस्थापकीय संकट समाधानका लागि मन्त्रालयले संचालक तथा पदाधिकारीहरुसंग निरन्तर छलफल गरिरहेको र समस्या देखिएका सहकारीबाट बचतकर्ताको बचत फिर्ता, व्यवस्थापन लगायतका विषयमा ठोस कार्ययोजना निर्माण गरी पेश गर्न निर्देशन गरिएको मन्त्री श्रेष्ठको भनाई छ ।

मन्त्री श्रेष्ठको १०० दिनको उपलब्धीको रुपमा ३ सहकारी लाई समस्याग्रस्त घोषणालाई लिइएको छ । मन्त्री श्रेष्ठले गत पुष २८ गतेको निर्णय गर्दै नेश्नल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौं, लालिगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौं र सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड ललितपुरलाईसमस्याग्रस्त सहकारी घोषणा गरेको बताए ।

यसअघि दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौं र सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौं समस्याग्रस्त सहकारी घोषणा भइ व्यवस्थापनको काम भइरहेको उनले बताए । यसअवधिमा मन्त्री श्रेष्ठले ८ वटा सहकारी संस्थाहरलाई प्रहरी अनुसन्धान तथा कारवाहीमा पठाएका छन् । उनका अनुुसार हालसम्म ७५ वटा सहकारीलाई प्रहरी अनुसन्धान तथा कारवाहीमा पठाइएको छ । सहकारी महाशाखा हेटौंडामा प्राप्त उजुरीको आधारमा ११ वटा सहकारी संस्थाका संचालकहरुलाई बचत रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...