हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा सुरु

२७ फागुन, हेटौँडा । हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी उपचार सेवा विस्तर गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले अस्पतालमा मुटु रोग सम्बन्धी उपचार सेवा (कार्डियो) उद्घाटन गरेका हुन् ।
तत्कालका लागि बहिरंग सेवा माफृत् मुटु रोग सम्बन्धी उपचार सेवाको थालनी गर्ने गरी उक्त सेवा अस्पतालमा विस्तार गरिएको हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार अस्पतालमा हाललाई सामान्य उपचार सेवा थालीने गरिएको हो ।
टिचिङ अस्पतालमा छात्रवृत्तीमा अध्ययन गरेका मुटु रोग विशेषज्ञ डा. विकेश श्रेष्ठलाई सेवाका लागि हेटौंडा अस्पताल खटाएसंगै हेटौंडा अस्पतालमा सेवाको विस्तार गरिएको मेसु डा. सापकोटा बताए । रोटरी क्लब अफ मकवानपुरले उपलब्ध गराएको १ करोड बराबरको उपकरण प्रयोगमा ल्याएर सेवा थालनी गरिएको उनले बताए । अस्पतालमा उपकरण संचालनको लागि विशेषज्ञ डा. नहुँदा उक्त उपकरणहरु विगत डेढ वर्षदेखि थन्किएर रहेको थियो ।
मुटु रोग विशेषज्ञ डा. श्रेष्ठका अनुसार हाल बहिरंग सेवा मार्फत् मुटु रोग सम्बन्धी हल्टर, टिएमटी, इको, इसिजी लगायतका परिक्षण अस्पताल मार्फत हुने बताए । मुटु रोग सम्बन्धी थप परिक्षण तथा शल्यक्रियाका लागि अन्य उपकरण र जनशक्ति आवश्यक रहने भएकाले सोको व्यवस्थापन गर्न जरुरी रहेको उनले बताए ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार एवम् हेटौंडा अस्पताल संचालन तथा व्यवस्थापन समितका अध्यक्ष समेत रहेका दैनिक ५०० बढी जनशीक्र मार्फत् हेटौंडा अस्पतालमा विभिन्न सेवामा १ हजार ५०० जना विरामीलाई सेवा प्रदान गरिरहेको बताए । उनले हेटौंडा अस्पतालको सेवा प्रवाहमा गुणस्तरसंगै विशेषत्र डाक्टरको सेवालाई थप विस्तारमा जोड दिएको बताए ।
प्रतिष्ठान र अस्पतालले सिमित स्रोत र साधन मार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने काम भइरहेको उनले बताए । रजिष्टार गुरागाईका अनुसार अप्सतालमा विशेषत्र सेवा थप गर्ने र क्याथ ल्याव सेवालाई नयाँ भवन मार्फत सुरु गर्ने तयारी भइरहेको छ ।
पिजि प्रोग्राम संचालन गरी सो मार्फत ८ जना चिकित्सकलाई सेवामा खटाउने तयारी रहेको उनले बताए । ‘हेटौंडा अस्पताल विगतको तुलनमा निकै परिवर्तन भएको देखिन्छ । यद्यपी केही व्यवहारिक र प्राविधिक सुधारका काम गर्न बाँकी छ ।’ उनले भने, ‘प्रादेशिक अस्पताल तर्फको ३०० र प्रतिष्ठानको २०० शैयामा हेटौंडा अस्पताल संचालन गर्ने तयारी अनुसार प्रतिष्ठान अघि बढेको छ । अस्पताल र प्रतिष्ठानको तिक्तता र विवाद समाधान गर्न विभिन्न छलफल र बहसका काम भइरहेको छ । ऐन संशोधन गरेर विवाद व्यवस्थापन गर्ने काम प्रतिष्ठान र मन्त्रालय मार्फत् भइरहेको छ ।’
हाल हेटौंडा अस्पतालमा हाल ३ सिफ्टमा डाइलाइसिस सेवा प्रवाह भइरहेको उनले बताए । उनका अनुसार हाल अस्पतालमा आकस्मीक र अन्य विरामीको लागि छुट्टै २ ल्याव, आकस्मीक, बहिरंग तथा भर्ना र जेष्ठ नागरिकको लागि गरी ३ फार्मेसी संचालनमा रहेको छ । अस्पतालमा आइसियु र वार्डको फार्मेसी व्यवस्थापन गर्ने तयारी भयरहेको उनले बताए । अस्पतालमा विग्रेका उपकरण मर्मत तथा सुधार गरी सेवा प्रवाहमा जोड्ने गरी काम भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...