हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा सुरु

२७ फागुन, हेटौँडा । हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी उपचार सेवा विस्तर गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले अस्पतालमा मुटु रोग सम्बन्धी उपचार सेवा (कार्डियो) उद्घाटन गरेका हुन् ।
तत्कालका लागि बहिरंग सेवा माफृत् मुटु रोग सम्बन्धी उपचार सेवाको थालनी गर्ने गरी उक्त सेवा अस्पतालमा विस्तार गरिएको हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार अस्पतालमा हाललाई सामान्य उपचार सेवा थालीने गरिएको हो ।
टिचिङ अस्पतालमा छात्रवृत्तीमा अध्ययन गरेका मुटु रोग विशेषज्ञ डा. विकेश श्रेष्ठलाई सेवाका लागि हेटौंडा अस्पताल खटाएसंगै हेटौंडा अस्पतालमा सेवाको विस्तार गरिएको मेसु डा. सापकोटा बताए । रोटरी क्लब अफ मकवानपुरले उपलब्ध गराएको १ करोड बराबरको उपकरण प्रयोगमा ल्याएर सेवा थालनी गरिएको उनले बताए । अस्पतालमा उपकरण संचालनको लागि विशेषज्ञ डा. नहुँदा उक्त उपकरणहरु विगत डेढ वर्षदेखि थन्किएर रहेको थियो ।
मुटु रोग विशेषज्ञ डा. श्रेष्ठका अनुसार हाल बहिरंग सेवा मार्फत् मुटु रोग सम्बन्धी हल्टर, टिएमटी, इको, इसिजी लगायतका परिक्षण अस्पताल मार्फत हुने बताए । मुटु रोग सम्बन्धी थप परिक्षण तथा शल्यक्रियाका लागि अन्य उपकरण र जनशक्ति आवश्यक रहने भएकाले सोको व्यवस्थापन गर्न जरुरी रहेको उनले बताए ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार एवम् हेटौंडा अस्पताल संचालन तथा व्यवस्थापन समितका अध्यक्ष समेत रहेका दैनिक ५०० बढी जनशीक्र मार्फत् हेटौंडा अस्पतालमा विभिन्न सेवामा १ हजार ५०० जना विरामीलाई सेवा प्रदान गरिरहेको बताए । उनले हेटौंडा अस्पतालको सेवा प्रवाहमा गुणस्तरसंगै विशेषत्र डाक्टरको सेवालाई थप विस्तारमा जोड दिएको बताए ।
प्रतिष्ठान र अस्पतालले सिमित स्रोत र साधन मार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने काम भइरहेको उनले बताए । रजिष्टार गुरागाईका अनुसार अप्सतालमा विशेषत्र सेवा थप गर्ने र क्याथ ल्याव सेवालाई नयाँ भवन मार्फत सुरु गर्ने तयारी भइरहेको छ ।
पिजि प्रोग्राम संचालन गरी सो मार्फत ८ जना चिकित्सकलाई सेवामा खटाउने तयारी रहेको उनले बताए । ‘हेटौंडा अस्पताल विगतको तुलनमा निकै परिवर्तन भएको देखिन्छ । यद्यपी केही व्यवहारिक र प्राविधिक सुधारका काम गर्न बाँकी छ ।’ उनले भने, ‘प्रादेशिक अस्पताल तर्फको ३०० र प्रतिष्ठानको २०० शैयामा हेटौंडा अस्पताल संचालन गर्ने तयारी अनुसार प्रतिष्ठान अघि बढेको छ । अस्पताल र प्रतिष्ठानको तिक्तता र विवाद समाधान गर्न विभिन्न छलफल र बहसका काम भइरहेको छ । ऐन संशोधन गरेर विवाद व्यवस्थापन गर्ने काम प्रतिष्ठान र मन्त्रालय मार्फत् भइरहेको छ ।’
हाल हेटौंडा अस्पतालमा हाल ३ सिफ्टमा डाइलाइसिस सेवा प्रवाह भइरहेको उनले बताए । उनका अनुसार हाल अस्पतालमा आकस्मीक र अन्य विरामीको लागि छुट्टै २ ल्याव, आकस्मीक, बहिरंग तथा भर्ना र जेष्ठ नागरिकको लागि गरी ३ फार्मेसी संचालनमा रहेको छ । अस्पतालमा आइसियु र वार्डको फार्मेसी व्यवस्थापन गर्ने तयारी भयरहेको उनले बताए । अस्पतालमा विग्रेका उपकरण मर्मत तथा सुधार गरी सेवा प्रवाहमा जोड्ने गरी काम भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...