होली शान्तिपूर्ण र अनुशासित रुपमा मनाउन प्रशासन कार्यलय मकवानपुरको आग्रह
२७ फागुन, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले यहि २९ गते परेको रंगहरुको पर्व होली शान्तिपूर्ण र अनुशासित भएर मनाउन आग्रह गरेको छ । कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै होली पर्व सामाजिक सद्भाव र भाइचारा कायम राख्दै मनाउन आग्रह गरेकोे हो ।
सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेंलद्वारा हस्ताक्षरीत सूचनामा होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरिएको छ । सूचनामा आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न र होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न चेतावनी दिइएको छ ।
सूचनामा होली पर्वको अवसरमा विभिन्न खर्चिला र भड्किला कार्यक्रमका कारण सार्वजनिक स्थलहरूमा अशान्ति र विवाद उत्पन्न हुने गरेको भन्दै पर्वको नाममा कसैले सार्वजनिक स्थानमा होहल्ला, झगडा वा अनावश्यक गतिविधि गर्ने, पानीको बेलुन वा लोला हान्ने, जबरजस्ति रं...

















