२ चैत, हेटौंडा । राप्रपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोटो जलाएको छ । शनिवार मकवानपुरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा नेता निराजन बमले प्रचण्डको आलोचना गर्दै फोटो जलाएका हुन् ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनका क्रममा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै उनको फोटो जलाएका हुन् । कार्यक्रममा बोल्ने क्रममा खल्तीबाट प्रचण्डको फोटो निकालेर उनले भने, ‘तपाईंहरुले यो मान्छे त चिन्नुहुन्छ होला नि ? यो तस्बिर चिन्नुहुन्छ होइन ?’
त्यसपछि उनले सबैलाई गणतन्त्र मुर्दावाद भन्न आग्रह गर्दै आगो सल्काएर प्रचण्डको फोटो जलाए । उनले त्यसपछि प्रचण्डको कडा आलोचना गरेका थिए ।
बिहीबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मूर्ति चोर र भाइमाराको आरोप लगाउँदै कडा अभिव्यक्ति दिएका थिए ।
सो अभिव्यक्तिपछि राजावादी दल राप्रपाले विरोध गरेको छ । सो अभिव्यक्तिलगत्तै शुक्रबार नै प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रचण्डको आलोचना गरेकामा महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा धवल शम्शेर राणाको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको आन्दोलन परिचालन समितिको वैठकपनि यस्तो अभिव्यक्ति सच्याउन चेतावनी दिएको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।