Day: March 15, 2025

हेटौंडामा राप्रपाले जलायो प्रचण्डको फोटो 

हेटौंडामा राप्रपाले जलायो प्रचण्डको फोटो 

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
२ चैत, हेटौंडा । राप्रपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोटो जलाएको छ । शनिवार मकवानपुरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा नेता निराजन बमले प्रचण्डको आलोचना गर्दै फोटो जलाएका हुन् । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनका क्रममा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै उनको फोटो जलाएका हुन् । कार्यक्रममा बोल्ने क्रममा खल्तीबाट प्रचण्डको फोटो निकालेर उनले भने, ‘तपाईंहरुले यो मान्छे त चिन्नुहुन्छ होला नि ? यो तस्बिर चिन्नुहुन्छ होइन ?’  त्यसपछि उनले सबैलाई गणतन्त्र मुर्दावाद भन्न आग्रह गर्दै आगो सल्काएर प्रचण्डको फोटो जलाए । उनले त्यसपछि प्रचण्डको कडा आलोचना गरेका थिए । बिहीबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मूर्ति चोर र भाइमाराको आरोप लगाउँदै कडा अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिपछि  राजावादी द...