मकवानपुरको कैलाशमा पहिलोपटक एसइई परीक्षा, सातजना अनुपस्थित

७ चैत, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा पहिलोपटक एइईको परीक्षा केन्द्र सञ्चालन भएको छ। बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई०का लागि कैलाश– ९ मा अवस्थित कालिका माध्यमिक विद्यालयमा पहिलोपटक परीक्षा सञ्चालन गरिएको हो । कैलाशका पाँचवटा विद्यालयबाट नियमिततर्फ परीक्षामा १४९ जना र ग्रेडवृद्धिका लागि ६७ जना गरी २१६ जन विद्यार्थीले परीक्षा दिएका छन्। केन्द्र रहेको कालिका माविका विद्यार्थीबाहेक कैलाशका अन्य विद्यालयका २१६ जना विद्यार्थीले एसइई परीक्षा दिएका हुन्।

बिहीबार परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन्। परीक्षामा पाँच छात्रा र दुई छात्र गरी सातजना अनुपस्थित रहेको परीक्षाका केन्द्राध्यक्ष रामप्रसाद कालाखेतीले जानकारी दिए। परीक्षा केन्द्रको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, शिक्षा शाखा प्रमुख समीर जोशी, स्रोत शिक्षक ध्रुवराज विष्ठलगायतको टोलीले अनुगमन गरेका छन् ।

अनुगमनपछि पालिकाभित्र अध्ययनरत विद्यार्थी मनहरी, थाहा र हेटौँडा पुगेर परीक्षा दिने बाध्यतालाई अन्त्य गर्दै पालिकामै केन्द्र कायम गरिएको गाउँ शिक्षा समितिका संयोजकसमेत रहेका गाउँपालिका अध्यक्ष मुक्तानले बताए । भौगोलिक विकटताले केन्द्र आउन–जान असहज हुने भएकाले परीक्षा अवधिभर विद्यार्थीका लागि खाना र आवाससहित परीक्षा केन्द्रमा विद्यालय नर्स, स्वास्थ्यकर्मीहरूसमेत खटाइएको अध्यक्ष मुक्तानले बताए ।

विद्यार्थीको खाना र आवासका लागि आवश्यक खर्च सबै गाउँपालिकाले व्यहोर्ने उनको भनाइ छ । यस्तै, परीक्षा केन्द्र रहेको कालिका माविका नियमिततर्फ ४५ र ग्रेडवृद्धितर्फ १० जना विद्यार्थीले भने हेटौँडा– ४ स्थित भुटनदेवी माविबाट परीक्षा दिएको पालिकाले जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...