Day: March 20, 2025

मकवानपुरको कैलाशमा पहिलोपटक एसइई परीक्षा, सातजना अनुपस्थित

मकवानपुरको कैलाशमा पहिलोपटक एसइई परीक्षा, सातजना अनुपस्थित

Breaking News 2, ताजा अपडेट, शिक्षा, समाचार
७ चैत, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा पहिलोपटक एइईको परीक्षा केन्द्र सञ्चालन भएको छ। बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई०का लागि कैलाश– ९ मा अवस्थित कालिका माध्यमिक विद्यालयमा पहिलोपटक परीक्षा सञ्चालन गरिएको हो । कैलाशका पाँचवटा विद्यालयबाट नियमिततर्फ परीक्षामा १४९ जना र ग्रेडवृद्धिका लागि ६७ जना गरी २१६ जन विद्यार्थीले परीक्षा दिएका छन्। केन्द्र रहेको कालिका माविका विद्यार्थीबाहेक कैलाशका अन्य विद्यालयका २१६ जना विद्यार्थीले एसइई परीक्षा दिएका हुन्। बिहीबार परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन्। परीक्षामा पाँच छात्रा र दुई छात्र गरी सातजना अनुपस्थित रहेको परीक्षाका केन्द्राध्यक्ष रामप्रसाद कालाखेतीले जानकारी दिए। परीक्षा केन्द्रको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, शिक्षा शाखा प्रमुख समीर जोशी...
प्रभावकारी योजना छनोटका लागि बागमतीमा आयोजना बैंकको सुरुवात

प्रभावकारी योजना छनोटका लागि बागमतीमा आयोजना बैंकको सुरुवात

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, समाचार
७ चैत, हेटौंडा । बागमती प्रदेश सरकारले प्रभावकारी योजना छनोटका लागि आयोजना बैंकको सुरुवात गरेको छ । बुधबार आयोजित कार्यक्रमबिच प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशले आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरेको हो । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बजेट विनियोजन, योजना छनोट तथा अध्यावधिक र सुशासन कायम गर्न आयोजना बैंकको अपरिहार्यता औँल्याए । उनले बजेट परिचालनमा देखिएको समस्या अन्त्यका लागि आयोजना बैंक पूर्ण रूपमा प्रभावकारी हुने दाबी पनि गरे । प्रदेश सरकारकले बजेट विनियोजन प्रणालीलाई व्यवस्थित गर्न र योजना छनोट कार्य प्रभावकारी बनाउन आयोजना बैंक निर्माण तथा सञ्चालमा ल्याएको हो । प्रदेशमा यसअघि दुई पटकसम्म उद्घाटन भएर कार्यान्वयनमा नआएको आयोजना बैंक यसपटक भने कार्यान्वयन गर्ने सरकारले प्रतिबद्धता जनाएको छ । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गंगादत्त नेपालले...
एसईईमा मकवानपुरबाट ७ हजारबढी सहभागी, ७ जना कैदीबन्दीले पनि एसईई दिने

एसईईमा मकवानपुरबाट ७ हजारबढी सहभागी, ७ जना कैदीबन्दीले पनि एसईई दिने

Breaking News 2, ताजा अपडेट, शिक्षा, समाचार
७ चैत, हेटौंडा । यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुरका ७ हजारबढी विद्यार्थी सहभागी हुँदैछन् । शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदिप गिरीका अनुसार जिल्लाका सामुदायीक र संस्थागत गरी १३९ वटा विद्यालयका ७ हजार ४५६ जना विद्यार्थीले एसईईमा सहभागिता जनाउने भएका हुन् । उनका अनुसार ग्रेडबृद्धिका लागि साधरणतर्फ एकहजार ४९५ र प्राविधिक धारका ९६ जनाले एसईई परीक्षा दिनेछन् । यस्तै भीमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागार भीमफेदीबाट ६ जना कैदीबन्दीले पनि यसवर्षको एसईई परीक्षा दिनेछन् । शिक्षा समन्वय इकाइ मकवानपुरका प्रमुख गिरीका अनुसार एसईई परीक्षामा भीमफेदी कारागारमा विभन्नि मुद्धामा कैद भुक्तान गरिरहेका ७ जना कैदीबन्दिले एसईई परीक्षामा सहभागीता जनाउँने छन् । यस्तै हेटौँडास्थित बालसुधारगृहमा रहेका २ जना परीक्षार्थीले पनि परीक्षा दिनेछन् । कारागारका जेलर तिर्थ...