आजबाट एसईई सुरुः मकवानपुरमा ७ हजार १९२ विद्यार्थी सहभागी हुँदै

१९ चैत, हेटौँडा । देशभर आज बिहीबारबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु भएको हो । यस वर्ष मकवानपुर जिल्लाबाट ७ हजार १ सय ९२ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अनुसार जिल्लाका सामुदायिक तथा संस्थागत गरी १ सय ४२ वटा विद्यालयका विद्यार्थीहरूले परीक्षा दिइरहेका छन् । तीमध्ये १ सय ५ वटा सामुदायिक र २७ वटा संस्थागत विद्यालयका विद्यार्थी सहभागी भएका हुन् ।

परीक्षामा नियमिततर्फ ५ हजार ५ सय २७ जना तथा ग्रेडवृद्धितर्फ १ हजार ६ सय ६५ जना विद्यार्थीले परीक्षा फाराम भरेको इकाइ प्रमुख सुदीप गिरीले जानकारी दिए । उनको अनुसार जिल्लाका १० वटा विद्यालयका विद्यार्थी प्राविधिक धारतर्फबाट एसईईमा सहभागी हुँदैछन् भने दुई वटा विद्यालयका विद्यार्थी पूर्ण रूपमा प्राविधिक धारको विषयमा मात्र परीक्षामा सामेल भएका छन् ।

इन्द्रसरोवर गाउँपालिकास्थित कालिका माध्यमिक विद्यालय र मकवानपुरगढी गाउँपालिकाको वंशगोपाल माध्यमिक विद्यालयका विद्यार्थीहरू प्राविधिक धारअन्तर्गत कृषि विषयमा मात्र परीक्षामा सहभागी भएका छन् । प्राविधिक धारतर्फ कुल २ सय ६२ जना विद्यार्थीले परीक्षा दिइरहेका छन् । तीमध्ये १ सय ७५ जना नियमित तथा ८८ जना ग्रेडवृद्धितर्फका विद्यार्थी रहेका छन् ।

एसईई सञ्चालनका लागि मकवानपुरमा २८ वटा परीक्षा केन्द्र तोकिएका छन् । हेटौँडा उपमहानगरपालिकामा सबैभन्दा बढी १५ वटा परीक्षा केन्द्र रहेका छन्था ने थाहा नगरपालिकामा ३ वटा, मनहरी र बकैया गाउँपालिकामा दुई–दुई वटा परीक्षा केन्द्र तोकिएका छन् । यस्तै बाँकी स्थानीय तहहरुमा एक–एक वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

तोकिएका केन्द्रमध्ये २ वटा संस्थागत विद्यालयमा र बाँकी २६ वटा परीक्षा केन्द्र सामुदायिक विद्यालयमा राखिएका छन् । यस वर्ष एसईईको उत्तरपुस्तिका परीक्षण स्थानीय तहमै गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सम्पन्न भएको दिनदेखि नै उत्तरपुस्तिका परीक्षण सुरु गर्ने योजना बनाएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । यसका लागि केन्द्राध्यक्ष र विषयगत शिक्षकहरूलाई आवश्यक तयारी गर्न आग्रह गरिएको इकाइ प्रमुख सुदीप गिरीले बताए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...