आजबाट एसईई सुरुः मकवानपुरमा ७ हजार १९२ विद्यार्थी सहभागी हुँदै

१९ चैत, हेटौँडा । देशभर आज बिहीबारबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु भएको हो । यस वर्ष मकवानपुर जिल्लाबाट ७ हजार १ सय ९२ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अनुसार जिल्लाका सामुदायिक तथा संस्थागत गरी १ सय ४२ वटा विद्यालयका विद्यार्थीहरूले परीक्षा दिइरहेका छन् । तीमध्ये १ सय ५ वटा सामुदायिक र २७ वटा संस्थागत विद्यालयका विद्यार्थी सहभागी भएका हुन् ।

परीक्षामा नियमिततर्फ ५ हजार ५ सय २७ जना तथा ग्रेडवृद्धितर्फ १ हजार ६ सय ६५ जना विद्यार्थीले परीक्षा फाराम भरेको इकाइ प्रमुख सुदीप गिरीले जानकारी दिए । उनको अनुसार जिल्लाका १० वटा विद्यालयका विद्यार्थी प्राविधिक धारतर्फबाट एसईईमा सहभागी हुँदैछन् भने दुई वटा विद्यालयका विद्यार्थी पूर्ण रूपमा प्राविधिक धारको विषयमा मात्र परीक्षामा सामेल भएका छन् ।

इन्द्रसरोवर गाउँपालिकास्थित कालिका माध्यमिक विद्यालय र मकवानपुरगढी गाउँपालिकाको वंशगोपाल माध्यमिक विद्यालयका विद्यार्थीहरू प्राविधिक धारअन्तर्गत कृषि विषयमा मात्र परीक्षामा सहभागी भएका छन् । प्राविधिक धारतर्फ कुल २ सय ६२ जना विद्यार्थीले परीक्षा दिइरहेका छन् । तीमध्ये १ सय ७५ जना नियमित तथा ८८ जना ग्रेडवृद्धितर्फका विद्यार्थी रहेका छन् ।

एसईई सञ्चालनका लागि मकवानपुरमा २८ वटा परीक्षा केन्द्र तोकिएका छन् । हेटौँडा उपमहानगरपालिकामा सबैभन्दा बढी १५ वटा परीक्षा केन्द्र रहेका छन्था ने थाहा नगरपालिकामा ३ वटा, मनहरी र बकैया गाउँपालिकामा दुई–दुई वटा परीक्षा केन्द्र तोकिएका छन् । यस्तै बाँकी स्थानीय तहहरुमा एक–एक वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

तोकिएका केन्द्रमध्ये २ वटा संस्थागत विद्यालयमा र बाँकी २६ वटा परीक्षा केन्द्र सामुदायिक विद्यालयमा राखिएका छन् । यस वर्ष एसईईको उत्तरपुस्तिका परीक्षण स्थानीय तहमै गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सम्पन्न भएको दिनदेखि नै उत्तरपुस्तिका परीक्षण सुरु गर्ने योजना बनाएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । यसका लागि केन्द्राध्यक्ष र विषयगत शिक्षकहरूलाई आवश्यक तयारी गर्न आग्रह गरिएको इकाइ प्रमुख सुदीप गिरीले बताए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...