
न्वागी पर्वको पूर्वसन्ध्यामा नेपाल चेपाङ सङ्घद्वारा दीप प्रज्वल
२१ भदौ, हेटौंडा । चेपाङ समुदायको मौलिक पर्व न्वागीको पूर्वसन्ध्यामा नेपाल चेपाङ सङ्घले शुक्रबार साँझ दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रम चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६, कालीखोलामा आयोजना गरिएको हो ।
उक्त अवसरमा नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले न्वागी पर्वले चेपाङहरूको संस्कृति र परम्परा संरक्षणमा ठूलो योगदान पु¥याउने बताए । उनका अनुसार पर्वको अवसरमा चेपाङ समुदायका प्रत्येक घरमा आज प्रज्वलित दीपले यश समुदायका मानिसहरूमा एकता र भातृत्व बिकास गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
नेपालका ६ जिल्लामा बसोबास गर्दै आएका चेपाङ समुदायले पालैपालो न्वागी पर्व विशेष रुपमा मनाउँदै आएका छन् । अघिल्लो वर्ष धादिङमा आयोजना गरिएको पर्व यस वर्ष चितवनको इच्छा कामना गाउँपालिकामा आयोजना हुदैछ ।
संघका अध्यक्ष गोबिन्द चेपाङका अनुसार आगामी वर्ष मकवानपुरको...