स्वास्थ्यमा बजेट अभाव हुन नदिने मुख्यमन्त्री बानियाँको दावी

१२ भदौ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विकास निर्माणका अन्य योजनाहरू रोकेर भए पनि स्वास्थ्य क्षेत्रमा बजेट अभाव हुन नदिने बताएका छन्। बिहीबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पतालको अवलोकनपछि आयोजित अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री बानियाँले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताए।

प्रदेशकै गौरवको आयोजनाको रूपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उद्देश्यअनुरूप द्रुत गतिमा अघि बढाउन आफू दत्तचित्त भएर लाग्ने उनको भनाइ थियो। प्रतिष्ठानको कुलपतिसमेत रहेका मुख्यमन्त्री बानियाँले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा राजनीतिक हस्तक्षेप हुन नहुनेमा जोड दिए।

तत्कालीन समयमा डोरमणि पौडेल मुख्यमन्त्री र आफू प्रतिपक्षी नेताको भूमिकामा रहँदा प्रतिष्ठानसम्बन्धी ऐन सर्वसम्मत पारित गरेको स्मरण गराउँदै उनले प्रतिष्ठानको विकासमा कुनै राजनीतिक अवरोध हुन नहुने स्पष्ट पारे।

मुख्यमन्त्री बानियाँले प्रतिष्ठानका छरिएर रहेका शैक्षिक कार्यक्रमलाई एउटै छानामुनि ल्याउन आग्रह गर्दै यसका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले स्वीकृत भएको दुई सय शय्याको अस्पताल तत्काल सञ्चालन गर्न तयारी अघि बढाउन निर्देशन पनि दिए। प्रतिष्ठानका छरिएर रहेका शैक्षिक कार्यक्रमहरूलाई एकै ठाउँमा सञ्चालन गर्न १० महिनाभित्र एकीकृत पूर्वाधार निर्माण गरिने मुख्यमन्त्री बानियाँको भनाइ थियो।

मुख्यमन्त्री बानियाँले २०८० मा सम्पन्न हुनुपर्ने काम ०८२ सम्म पनि नसकिनुको कारणबारे सम्बद्ध निकायले जवाफ दिनुपर्ने बताए। निर्माणाधीन अवस्थामा रहेको बेसिक साइन्स भवनमा भएको ढिलासुस्तीप्रति असन्तोष व्यक्त गर्दै उनले सम्झौताअनुसार समयमै काम नगर्ने निर्माण कम्पनीलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिए।

‘ठेकेदारको कमजोरी हो वा कर्मचारीको हो, तत्काल छानबिन गरेर कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ,’ उनले भने। यस्तै मुख्यमन्त्री बानियाँले अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण खरिद गर्न पनि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले अस्पताललाई उपकरण खरिदका लागि तत्काल १० करोड रुपैयाँ निकासा गरिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक कुलपति एवं पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले प्रतिष्ठानलाई लिएर कुनै पनि राजनीतिक विवाद नरहेको दाबी गरे। एमबिबिएस र एमडी कार्यक्रम ल्याउन सबैको सामूहिक प्रयास ऐतिहासिक भएको भन्दै प्रतिष्ठानको साख गिराउने गतिविधि नगर्न उनले आग्रह गरे।

सो अवसरमा प्रतिष्ठानका उपकुलपति डा। प्रदीपराज ज्ञवालीले प्रतिष्ठानको २५ वर्षे विकास योजना, मेडिकल विश्वविद्यालय स्थापना, नियमावली संशोधन, सेवा आयोग गठन तथा अस्पतालको जग्गा संरक्षणलगायत अल्पकालीन र दीर्घकालीन योजना प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...