स्वास्थ्यमा बजेट अभाव हुन नदिने मुख्यमन्त्री बानियाँको दावी

१२ भदौ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विकास निर्माणका अन्य योजनाहरू रोकेर भए पनि स्वास्थ्य क्षेत्रमा बजेट अभाव हुन नदिने बताएका छन्। बिहीबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पतालको अवलोकनपछि आयोजित अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री बानियाँले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताए।

प्रदेशकै गौरवको आयोजनाको रूपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उद्देश्यअनुरूप द्रुत गतिमा अघि बढाउन आफू दत्तचित्त भएर लाग्ने उनको भनाइ थियो। प्रतिष्ठानको कुलपतिसमेत रहेका मुख्यमन्त्री बानियाँले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा राजनीतिक हस्तक्षेप हुन नहुनेमा जोड दिए।

तत्कालीन समयमा डोरमणि पौडेल मुख्यमन्त्री र आफू प्रतिपक्षी नेताको भूमिकामा रहँदा प्रतिष्ठानसम्बन्धी ऐन सर्वसम्मत पारित गरेको स्मरण गराउँदै उनले प्रतिष्ठानको विकासमा कुनै राजनीतिक अवरोध हुन नहुने स्पष्ट पारे।

मुख्यमन्त्री बानियाँले प्रतिष्ठानका छरिएर रहेका शैक्षिक कार्यक्रमलाई एउटै छानामुनि ल्याउन आग्रह गर्दै यसका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले स्वीकृत भएको दुई सय शय्याको अस्पताल तत्काल सञ्चालन गर्न तयारी अघि बढाउन निर्देशन पनि दिए। प्रतिष्ठानका छरिएर रहेका शैक्षिक कार्यक्रमहरूलाई एकै ठाउँमा सञ्चालन गर्न १० महिनाभित्र एकीकृत पूर्वाधार निर्माण गरिने मुख्यमन्त्री बानियाँको भनाइ थियो।

मुख्यमन्त्री बानियाँले २०८० मा सम्पन्न हुनुपर्ने काम ०८२ सम्म पनि नसकिनुको कारणबारे सम्बद्ध निकायले जवाफ दिनुपर्ने बताए। निर्माणाधीन अवस्थामा रहेको बेसिक साइन्स भवनमा भएको ढिलासुस्तीप्रति असन्तोष व्यक्त गर्दै उनले सम्झौताअनुसार समयमै काम नगर्ने निर्माण कम्पनीलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिए।

‘ठेकेदारको कमजोरी हो वा कर्मचारीको हो, तत्काल छानबिन गरेर कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ,’ उनले भने। यस्तै मुख्यमन्त्री बानियाँले अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण खरिद गर्न पनि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले अस्पताललाई उपकरण खरिदका लागि तत्काल १० करोड रुपैयाँ निकासा गरिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक कुलपति एवं पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले प्रतिष्ठानलाई लिएर कुनै पनि राजनीतिक विवाद नरहेको दाबी गरे। एमबिबिएस र एमडी कार्यक्रम ल्याउन सबैको सामूहिक प्रयास ऐतिहासिक भएको भन्दै प्रतिष्ठानको साख गिराउने गतिविधि नगर्न उनले आग्रह गरे।

सो अवसरमा प्रतिष्ठानका उपकुलपति डा। प्रदीपराज ज्ञवालीले प्रतिष्ठानको २५ वर्षे विकास योजना, मेडिकल विश्वविद्यालय स्थापना, नियमावली संशोधन, सेवा आयोग गठन तथा अस्पतालको जग्गा संरक्षणलगायत अल्पकालीन र दीर्घकालीन योजना प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...