Day: August 28, 2025

बागमती प्रदेश सुरक्षा समितिको बैठक स् विपत् व्यवस्थापनदेखि चाडपर्व सुरक्षा तयारी

बागमती प्रदेश सुरक्षा समितिको बैठक स् विपत् व्यवस्थापनदेखि चाडपर्व सुरक्षा तयारी

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१२, भदौ, हेटौँडा । बागमती प्रदेशमा बढ्दो विपत् जोखिम, अवैध गतिविधि, सामाजिक चुनौती र चाडपर्वलाई मध्यनजर गर्दै प्रदेश सुरक्षा समितिले नयाँ रणनीति अघि सारेको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा बसेको बैठकले विपतबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि तत्कालीन र दीर्घकालीन रणनीति अवलम्बन गर्ने निर्णय गरेको हो। बैठकले विपत् पूर्वतयारी तथा प्रतिकार्यका लागि उच्चस्तरीय एकीकृत संयन्त्र ९युनिफाइड टिम०लाई सक्रिय बनाउन निर्देशन दिएको छ। यसले सुरक्षा निकाय, स्थानीय तह र विपत् व्यवस्थापन निकायबिचको समन्वयलाई अझै मजबुत बनाउने अपेक्षा गरिएको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेश सुरक्षा समितिका संयोजक शिवराज अधिकारीले बताए। प्रदेशभित्र अवैध रूपमा हातहतियार लुकाएर राखिएको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै समितिले सूचना जारी गर्ने र जिल्ला प्रशासन कार्या...
स्वास्थ्यमा बजेट अभाव हुन नदिने मुख्यमन्त्री बानियाँको दावी

स्वास्थ्यमा बजेट अभाव हुन नदिने मुख्यमन्त्री बानियाँको दावी

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार, स्वास्थ्य
१२ भदौ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विकास निर्माणका अन्य योजनाहरू रोकेर भए पनि स्वास्थ्य क्षेत्रमा बजेट अभाव हुन नदिने बताएका छन्। बिहीबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पतालको अवलोकनपछि आयोजित अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री बानियाँले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताए। प्रदेशकै गौरवको आयोजनाको रूपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उद्देश्यअनुरूप द्रुत गतिमा अघि बढाउन आफू दत्तचित्त भएर लाग्ने उनको भनाइ थियो। प्रतिष्ठानको कुलपतिसमेत रहेका मुख्यमन्त्री बानियाँले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा राजनीतिक हस्तक्षेप हुन नहुनेमा जोड दिए। तत्कालीन समयमा डोरमणि पौडेल मुख्यमन्त्री र आफू प्रतिपक्षी नेताको भूमिकामा रहँदा प्रतिष्ठानसम्बन्धी ऐन सर्वसम्मत पारित गरेको स्मरण गराउँदै उन...