बागमती प्रदेश सुरक्षा समितिको बैठक स् विपत् व्यवस्थापनदेखि चाडपर्व सुरक्षा तयारी

१२, भदौ, हेटौँडा । बागमती प्रदेशमा बढ्दो विपत् जोखिम, अवैध गतिविधि, सामाजिक चुनौती र चाडपर्वलाई मध्यनजर गर्दै प्रदेश सुरक्षा समितिले नयाँ रणनीति अघि सारेको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा बसेको बैठकले विपतबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि तत्कालीन र दीर्घकालीन रणनीति अवलम्बन गर्ने निर्णय गरेको हो।

बैठकले विपत् पूर्वतयारी तथा प्रतिकार्यका लागि उच्चस्तरीय एकीकृत संयन्त्र ९युनिफाइड टिम०लाई सक्रिय बनाउन निर्देशन दिएको छ। यसले सुरक्षा निकाय, स्थानीय तह र विपत् व्यवस्थापन निकायबिचको समन्वयलाई अझै मजबुत बनाउने अपेक्षा गरिएको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेश सुरक्षा समितिका संयोजक शिवराज अधिकारीले बताए।

प्रदेशभित्र अवैध रूपमा हातहतियार लुकाएर राखिएको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै समितिले सूचना जारी गर्ने र जिल्ला प्रशासन कार्यालयमार्फत कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

यस्तै गाँजा, चरेस र अफिमको खेती अझै केही दुर्गम क्षेत्रमा हुने गरेको भन्दै समितिले यसलाई नियन्त्रणमा लिन विशेष अभियान सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि विद्यालयस्तरमै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र स्थानीय समुदायलाई सहभागी गराउने निर्णयले दीर्घकालीन रूपमा लागुऔषधको प्रयोग र कारोबारलाई नियन्त्रण गर्ने लक्ष्य लिएको मन्त्री अधिकारीले जानकारी दिए।

यसैगरी, बैठकले आगामी दसैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गर्दै सुरक्षा निकायहरूलाई विशेष सतर्कता अपनाउन निर्देशन दिएको छ। भिडभाड हुने स्थान, राजमार्ग, बजार क्षेत्र र धार्मिकस्थलमा सुरक्षा व्यवस्थापन कडाइ गर्ने तयारी गरिएको छ। यसबाट नागरिकले ढुक्कसँग चाडपर्व मनाउन सक्ने वातावरण बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको मन्त्री अधिकारीले बताए।

सामाजिक सञ्जालमार्फत नियोजित रूपमा भ्रम फैलाउने, द्वन्द्व सिर्जना गर्ने वा सामाजिक सद्भाव खल्बलाउने गतिविधि बढ्दै गएको तथ्यांकले देखाएको भन्दै यसलाई नियन्त्रण गर्न प्रदेश प्रहरी कार्यालयलाई विशेष जिम्मेवारी दिने निर्णय पनि भएको छ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज