
माओवादीप्रती जनताको विश्वास बढेको छः अध्यक्ष प्रचण्ड
३ फागुन,हेटौंडा । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीप्रती जनताको विश्वास बढेको दाबी गरेका छन् ।
मकवानपुरको बागमती गाउँपालिकामा सुरु भएको सातौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता र सहिद स्मृति रंगशाला उद्घाटन तथा कार्यकर्ता भेटघाट गर्दै उनले आफू देश दौडाहामा रहँदा नागरिकहरुबाट त्यस्तो सन्देश पाएको दाबी गरेका हुन् ।
नागरिकमा माओवादी प्रतिको विश्वास ह्वात्तै बढेको उनको दाबी छ । देश र जनताप्रति इमान्दार माओवादी नै परिवर्तनको सम्वाहक हो भन्ने विषय प्रष्ट भएको उनको भनाइ छ ।
सरकारमा वा सरकारबाट हटेपछिको नागरिक संवाद अन्तरक्रियाबाट नागरिकले जे भन्यो त्यही गर्ने माओवादी नै रहेछ भन्ने अवस्था निर्माण भएको उनले बताए ।
‘म गएको ठाउँमा नागरिकको लागि काम गर्ने माओवादी नै रहेछ भन्ने अवस्था बनेको छ । माओवादीप्रतिको विश्वास अलिअलि होइन धेरै नै...