
बागमती गोल्डकप: फाइनलका लागि एपीएफ र चर्च ब्वाइज भिड्दै
९ फागुन हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल खेल आज शुक्रबारदेखि सुरु हुँदैछ।
बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुने पहिलो सेमिफाइनल खेलमा विभागीय टोलि सशस्त्र प्रहरीको एपीएफ र चर्च ब्वाईज युनाइटेड भिड्नेछन् ।
दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रदै छन् । प्रतियोगितामा एपीएफले संकटालाई र चर्च ब्वाइजले विभागीय टोलि त्रिभुवन आर्मीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
एपीएफ गत संस्करणको उपविजेता टोलि हो भने चर्च ब्वाइज प्रतियोगितामा नयाँ टोलि हो । गत संस्करणमा एपीएफ मछिन्द्रसँग पराजित हुँदै उपविजेता मा सिमित बनेको थियो ।
यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भोलि शनिबार हुनेछ । दोस्रो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र थ्रीस्टार बीच प्रतिस्पर्धा हुनेछ।...