हेटौँडा हुँदै गोरु तस्करी, प्रहरीले सहयोग नगर्दा पथलैयाबाट ट्रक नियन्त्रण

५ फागुन, हेटौँडा । आइतबार साँझ ६ः३० बजेको समयमा हेटौँडा हुँदै गएको गोरु बोकेको ट्रक पशु सेवा कार्यालय मकवानपुरले बाराको पथलैयाबाट नियन्त्रणमा लिएको छ ।हेटौँडा– १५ स्थित रातोमाटे चौकीमा पक्राउ गर्ने प्रयास असफल भएपछि कार्यालयको टोलीले पिछा गर्दै पथलैयाबाट नियन्त्रणमा लिएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्रकिशोर ठाकुरले जानकारी दिए ।

उनका अनुसार प्रहरीले सहयोग नगर्दा मकवानपुरका नाका पार गरेर गोरुसहितको ट्रक नियन्त्रणमा लिइएको हो । अबेर राति ११ बजे नियन्त्रणमा लिइएको गोरुसहितको ट्रक हेटौँडा ल्याइएको उनले बताए ।

आइतबार दिउँसो विशेष सूचनाका आधारमा कार्यालय प्रमुख ठाकुर गोरुसहितको ट्रकलाई नियन्त्रणमा लिन तयारी अवस्थामा थिए । उनी सरकारी मोटरसाइकलमा राजमार्गभन्दा फरक बाटो भएर रातोमाटे चौकीमा पुगे । त्यहाँ पुग्दा बा।प्र। ३–००१ ख १४२४ नम्बरको ट्रकलाई प्रहरीले रोकेर चेक जाँच गर्दै गरेको फेला पर्‍यो । सोही ट्रकमा २५ वटा गोरु लोड गरिएको थियो ।

ट्रक रोकेको देखेपछि प्रमुख ठाकुरले प्रहरीलाई जानकारी गराए र ट्रक नियन्त्रणमा लिन आग्रह गरे । तर, प्रहरीले ट्रक नियन्त्रणमा लिएन । चितवन हुँदै हेटौँडा आएको ट्रक नियन्त्रणमा लिन आफूले चौकीका इन्चार्ज कुमार फुयाँलसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्कालाई जानकारी गराएको प्रमुख ठाकुरले बताए ।

‘ट्रक नियन्त्रणमा लिन चौकीका इन्चार्ज ‘सइ साप’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सापलाई पनि जानकारी गराएँ । तर, प्रहरीले नै बाइकमा स्कर्टिङ गरेर नाका कटाइदिए,’ उनले भने । रातोमाटे चौकीबाट ट्रक पथलैयातर्फ गएपछि प्रमुख ठाकुर पनि ट्रकको पछिपछि लागे । रातोमाटेमा प्रहरीको सहयोग नपाएपछि प्रमुख ठाकुर हेटौँडा– १५ नयाँबस्तीमा रहेको सशस्त्र प्रहरीको राजमार्ग सुरक्षा चेकपोस्टमा पुगे ।

ड्युटीमा रहेका सशस्त्रका असइलाई जानकारी गराए । त्यस समयसम्म ट्रकलाई रातोमाटे चौकीबाट खटिएका हवल्दार र सिपाहीको मोटरसाइकलसहितको टिमले स्कर्टिङ गरेर चुरियामाई नाका कटाइदिएको उनी बताउँछन् । जनपथ प्रहरी र प्रशासनबाट सहयोग नपाएका प्रमुख ठाकुरले सशस्त्रको सहयोग लिए । सशस्त्र प्रहरी १४ नम्बर हेडक्वार्टरका प्रमुख प्रहरी उपरीक्षक सन्तोषविक्रम शाहसँगको समन्वयमा पथलैयास्थित राजस्व अनुसन्धानमा खटिएको सशस्त्र प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको प्रमुख ठाकुरको भनाइ छ ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाका सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको टोलीले ट्रकलाई नियन्त्रणमा लिएर पशु सेवा कार्यालय हेटौँडालाई जिम्मा लगाएको उनले बताए ।
सशस्त्रको सहयोगमा ट्रक नियन्त्रणमा लिएलगत्तै ट्रकका चालक र गोरु चरुवाहरू फरार भए । करिब दुई घण्टासम्म ट्रकचालक नआएपछि हेटौँडाबाट अर्को चालक बोलाएर ट्रकलाई हेटौँडा ल्याइएको उनले बताए ।

ट्रक नियन्त्रणमा लिएर कागजातहरू छानबिन गर्दा उक्त गोरु बोकेको ट्रकको भेटेरेनरी प्रमाणपत्र गलत भेटिएको थियो । २५ वटा जर्सीक्रस गोरु कृषि प्रयोजनका लागि झापा लगिँदै गरेको उनले बताए । भेटेरेनरी प्रमाणपत्रमा आँबुखैरेनी, तनहुँका भीम राईले लक्ष्मी चौपाया सप्लायर्समार्फत झापाको हेमादेवी सप्लायर्सलाई उक्त गोरु बिक्री गरेको देखिन्छ । सो कार्यका लागि डा। टीकाराम न्यौपानेले भेटेरेनरी प्रमाणपत्र जारी गरेका छन् ।

छानबिनका क्रममा ती गोरु सर्लाहीको नवलपुरमा लगेर दुई दिन राख्ने र सोपश्चात् अर्को ट्रकमा हालेर झापा पठाउने योजना रहेको प्रमुख ठाकुरले बताए । लक्ष्मी चौपाया सप्लायर्स, मकवानपुर– १६ हेटौँडाको नाममा बिजक जारी गरिएको थियो ।

प्रतिगोरु पाँच हजार रुपैयाँको खरिद बिल बनाएर कृषि प्रयोजन भनेर देखाइएको उनले बताए । सो ट्रकले हेटौँडा उपमहानगरपालिकाको पशुहाट सेवा शुल्कबापत २५ गोरुका लागि तीन हजार रुपैयाँ बुझाएको छ । उपमहानगरपालिकाले गाईगोरु ढुवानीबापत उक्त शुल्क प्रतिगोटा दुई सय रुपैयाँ निर्धारण गरेको छ ।

प्रहरीको असहयोगमा निरीह कर्मचारी
ट्रक नियन्त्रणमा लिन हेटौँडादेखि पथलैयासम्म पशु सेवा कार्यालयका टोलीलाई प्रहरीको सहयोग नमिल्दा निरीह बन्नुपर्‍यो । सशस्त्र प्रहरीले ट्रक रोकेर कागजपत्र नियन्त्रणमा लिएलगत्तै ट्रकचालक फरार भएका थिए । दुई घण्टाभन्दा बढी समय सशस्त्र प्रहरीले चालकलाई सम्पर्क गर्दा आफू चौकीमा रहेको बताए । तर, उनी ट्रकको छेउछाउ देखा परेनन् । सँगै रहेका जनपथका सादा पोसाकका प्रहरीले सहयोग गरेनन्।

प्रहरीको सहयोग नपाएपछि चालक फोन अफ गरेर सम्पर्कविहीन बने । चौकीमा रहेको भनिएका चालकलाई प्रहरीले खोज्नेसम्मको चेष्टा गरेन । अन्ततः राति ९ बजे हेटौँडाबाट चालक बोलाएर ट्रकलाई पथलैयाबाट हेटौँडा ल्याइएको थियो ।

हेटौँडा ल्याएको ट्रकको सुरक्षामा समेत समस्या देखियो । ट्रक र गोरुको सुरक्षाका लागि कार्यालय प्रमुख ठाकुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी गुणराज न्यौपाने, प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख डिआइजी कृष्णहरि शर्मालाई आग्रह गरे । तर, स्थान नभएकाले आफूहरूले सहयोग गर्न नसक्ने जवाफ दिएको ठाकुरले बताए । कार्यालयले नै सुरक्षा र व्यवस्था गर्न सुझाएपछि उक्त ट्रक नयाँ बस्तीको सशस्त्रको चेकपोइन्टमा नै राखिएको उनले बताए ।

गोरु तस्करीबारे जानकारी छैनः इन्चार्ज फुयाँल

रातोमाटे चौकीका इन्चार्ज कुमार फुयाँलका अनुसार गोरु तस्करीबारे जानकारी नरेहको बताए । गोरु तस्करी र नियन्त्रणका विषयमा सम्बन्धित कार्यालयहरूबाट आफलाई कुनै जानकारी नरहेको उनले बताए । आइतबारको घटनाबारे आफूलाई जानकारी नभएको र चौकीमा सामान्य चेकजाँचपछि ट्रक छोडिएको उनले बताए । प्रहरीको संरक्षणमा नाका कटाउने भन्ने विषय गलत भएको उनले बताए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...