मुलुकको विकासमा निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण: गृहमन्त्री लेखक

६ फागुन, हेटौँडा । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले गृहमन्त्री लेखकले मुलुकको विकास निर्माणमा निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। उनले निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिन व्यवसायीहरूलाई आग्रह पनि गरे।

निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा मंगलबारबाट सुरु भएको राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ लाई सम्बोधन गर्दै लेखकले सरकारले निर्माण व्यवसायीहरूको बक्यौता भुक्तानी प्रक्रिया अघि बढाइसकेको र बाँकी रकम समेत शीघ्र प्रदान गरिने प्रतिबद्धता गरे । निर्माण क्षेत्रलाई कुनै पनि प्रकारको दबाब र प्रभावबाट जोगाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

उनले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि दुई ठुला दल कांग्रेस र एमालेको वर्तमान सरकार बनेको दाबी गरे । दिगो शान्ति र सुशासनको यात्रालाई अगाडि बढाउन अहिलेको समीकरण निर्माण भएको उनको भनाइ छ। उनले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै मुलुकमा सुशासन, विकास र समृद्धि कायम गर्नु अहिलेको सरकारको मुख्य कार्यभार भएको स्पष्ट पारे।

‘देशमा केही समयदेखि विद्यमान राजनीतिक अस्थिरताले दिगो शान्ति र सुशासन स्थापित हुन नसक्ने र प्राप्त उपलब्धिलाई संस्थागत गर्न कठिन हुने देखेपछि कांग्रेस र एमाले मिलेर वर्तमान समीकरण बनेको हो,’ उनले भने, ‘वर्तमान समीकरण २०८४ सम्मै जान्छ र मुलुकलाई दिगो शान्ति र सुशासनको मागमा डोर्‍याउँछ।’

उनले सरकार मुलुकमा लगानीमैत्री वातावरण तयार गर्न लागिपरेको दाबी पनि गरे। लगानीमैत्री वातावरण निर्माणमा रहेका कानुनी जटिलता हटाएर उपयुक्त वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। सरकारले व्यावसािक वातावरण तयार गर्न अध्यदेश ल्याएको र त्यसलाई संसदबाट पारित गरेर कार्यान्वयन गर्नेतर्फ अघि बढिरहेको बताए।

‘अध्यादेश स्वीकृत भएपछि आवश्यक नियमावली र कार्यविधि बनाएर हामी व्यावसायिक वातावरणलाई सुनिश्चित गर्दै अगाडि बढ्छौँ। त्यसका लागि संघीय संसदबाट सरकारले ल्याएका अध्यादेश पारित हुनु आवश्यक छ,’ उनले भने। सरकारले ल्याएका अध्यादेशहरू संघीय संसदबाट पारित हुनेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ छ।

मन्त्री लेखकले देश विकासको क्षेत्रमा निर्माण व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अर्थतन्त्र र रोजगारी सिर्जना तथा विकास निर्माणमा ठुलो भूमिका रहेको बताए। सरकारले निर्माण व्यवसायीको बक्यौता भुक्तानी दिन थालिसकेको स्मरण गराउँदै बाँकी बक्यौता पनि छिट्टै उपलब्ध गराउने तयारी भएकाले निश्चिन्त हुन आग्रह गरे।

‘निर्माण व्यवसायीको बक्यौता रकम समयमा भुक्तानी दिन नसकेको देशभरिबाट गुनासो छ । अहिले पुराना बक्यौताहरू सरकारले भुक्तानी दिन सुरु गरेको छ। तपाईंहरू आफ्नो काममा अगाडि बढ्नुस्, सरकारले बाँकी बक्यौता भुक्तानी गर्छ, त्यसको सुनिश्चितता म गर्छु,’ उनले भने।

निर्माण व्यवसायीहरूले राज्यको लगानीलाई प्रतिफलयोग्य रूपमा अघि बढाउने गरी समयसीमाभित्रै गुणस्तरीय काम गर्न उनले आग्रह गरे। निर्माण व्यवसायीमा गुणस्तरीय काम र समयभित्रै सम्पन्न गर्ने चुनौतीको विषय रहेको उनको भनाइ थियो।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...