Day: २०८१, ६ फाल्गुन मंगलवार २१:३४

सप्ताह ज्ञानमहायज्ञको सम्पूर्ण तयारी पूरा

सप्ताह ज्ञानमहायज्ञको सम्पूर्ण तयारी पूरा

समाचार
६ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–६ शान्तिटोलमा रहेको शान्तिटोल टोल विकास संस्थाले फागुन ७ गतेदेखि शुरु गर्न लागेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ । संस्थाले पत्राचार, प्रचार प्रसार, टेन्ट निर्माण लगायतका कामहरु सम्पन्न गर्नुका साथै महायज्ञमा सहभागी हुन सबैलाई अनुरोध समेत गरेको हो । विपी गणेशमान स्मृति पार्कमा राधाकृष्णको मन्दिर निर्माण र ज्येष्ठ नागरिक भवन निर्माण गर्नको लागि महायज्ञ लगाउन लागिएको कोषाध्यक्ष पूर्णभद्र चौलागाईले बताए । फागुन ७ गते विहान ७ बजे बंशगोपाल मन्दिरबाट कलश यात्रा गरिने आयोजकले बताए । महायज्ञको उदघाटन नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले गर्ने कार्यक्रम रहेको छ । महायज्ञ सफल बनाउन टोल विकास संस्थाका अध्यक्ष केशव धितालको संयोजकत्वमा १ सय ९५ सदस्यीय मुल आयोजक समित ...
वक्तृत्वकलामा बंशगोपालका सज्जित लामिछाने प्रथम

वक्तृत्वकलामा बंशगोपालका सज्जित लामिछाने प्रथम

शिक्षा, समाचार
६ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा बंशगोपाल माविका सज्जित लामिछाने प्रथम भएका छन । समूहले अन्तर्राष्ट्रिय सालक दिवसको अवसरमा सालक संरक्षणमा सरोकारवालाहरुको जिम्मेवारी र भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा लामिछाने प्रथम भएका हुन । प्रतियोगितामा सुनगाभा शिक्षा निकेतनकी प्रकृति लामिछाने मगर द्वितीय र बंशगोपाल बहुमुखी क्याम्पसकि पूजा लम्साल तृतिय भएका छन । हेटौडा – ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा रुपेश दुलाल र नानी माया रुम्बाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामहरि चौलागाई, सुनौलो आयआर्जन महिला समूहकी अ...
हेटौँडामा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ सुरु

हेटौँडामा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ सुरु

Breaking News 2, अर्थ, मनोरञ्जन, समाचार
६ फागुन, हेटौँडा । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हेटौँडामा ‘दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१’ सुरु भएको छ । महोत्सवको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले मंगलबार उद्घाटन गरेका हुन् । उक्त अवसरमा गृहमन्त्री लेखकले मुलुकको विकास निर्माणमा निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिन व्यवसायीहरूलाई आग्रह पनि गरे । सरकारले निर्माण व्यवसायीहरूको बक्यौता भुक्तानी प्रक्रिया अघि बढाइसकेको र बाँकी रकम समेत शीघ्र प्रदान गरिने उनले प्रतिबद्धता जनाए। निर्माण क्षेत्रलाई कुनै पनि प्रकारको दबाब र प्रभावबाट जोगाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । १८ फागुनसम्म चल्ने महोत्सव निर्माणको क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरण र निर्माण सामग्रीहरुको प्रदर्शनी तथा बिक्री गरिने मुख्य उद्देश्य रह...
हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार बागमती गोल्डकपको सेमिफाइनलमा

हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार बागमती गोल्डकपको सेमिफाइनलमा

खेलकुद, बागमती, समाचार
६ फागुन, हेटौँडा । ७औँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई ४–० गोलले हराउँदै थ्री स्टार सेमिफाइनलमा प्रवेश गरेको हो। थ्री स्टारको जितका लागि सुशील राई, नवीन लामा, विदेशी खेलाडीहरू फोफना र एलेक्सले गोल गरे। चारै गोल खेलको पहिलो हाफमा सम्भव भएको थियो। पहिलो हाफमा आफूलाई सम्हाल्न नसक्दा हिमालयनले चार गोल मात्र खाएन प्रतियोगिताबाटै बाहिरिएको छ। थ्री स्टार चौथो संस्करणको विजेता हो भने हिमालयन शेर्पा तेसो संस्करणको उपविजेता हो । चौथो संस्करणमा विदेशी टोली अफ्रिकन रुट्स एसोसिएसनलाई हराउँदै थ्री स्टारले उपाधि जितेको थियो। यस्तै, तेसो संस्करण हिमालयन शेर्पा जावलाखेल युवा क्लबसँग पराजित हुँदै उपविजेता बनेको थियो। मंगलबारको ख...
मुलुकको विकासमा निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण: गृहमन्त्री लेखक

मुलुकको विकासमा निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण: गृहमन्त्री लेखक

Breaking News 1, राजनीति, समाचार, हेटौँडा
६ फागुन, हेटौँडा । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले गृहमन्त्री लेखकले मुलुकको विकास निर्माणमा निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। उनले निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिन व्यवसायीहरूलाई आग्रह पनि गरे। निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा मंगलबारबाट सुरु भएको राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ लाई सम्बोधन गर्दै लेखकले सरकारले निर्माण व्यवसायीहरूको बक्यौता भुक्तानी प्रक्रिया अघि बढाइसकेको र बाँकी रकम समेत शीघ्र प्रदान गरिने प्रतिबद्धता गरे । निर्माण क्षेत्रलाई कुनै पनि प्रकारको दबाब र प्रभावबाट जोगाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । उनले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि दुई ठुला दल कांग्रेस र एमालेको वर्तमान सरकार बनेको दाबी गरे । दिगो शान्ति र सुशासनको यात्रालाई अगाडि बढाउन अहिलेको समीकरण निर्माण...
गोरु तस्करी प्रकरण: रातोमाटे चौकीको इन्चार्जमा सागर लुङ्वा

गोरु तस्करी प्रकरण: रातोमाटे चौकीको इन्चार्जमा सागर लुङ्वा

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
६ फागुन, हेटौँडा । हेटौँडा हुँदै भएको गोरु तस्करी प्रकरणपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले रातोमाटे प्रहरी चौकीको नेतृत्व परिवर्तन गर्दै सहायक प्रहरी निरीक्षक (असइ) सागर लुङ्वालाई नयाँ इन्चार्ज तोकेको छ। यसअघि प्रहरी नायब निरीक्षक (सइ)को नेतृत्वमा रहेको सो चौकीको इन्चार्जमा प्रहरी सहायक निरीक्षक लुङ्वाको कमान्डमा चौकीको जिम्मेवारी दिइएको हो । गोरु तस्करीमा प्रहरी संलग्नताको आरोप लागेपछि चौकीका इन्चार्ज रहेका कुमार फुयाँलसहित तीनजनालाई हटाएर अनुसन्धान अघि बढाइएको छ । सोमबार फुयाँलसहित प्रहरी सहायक हवल्दार विपिन कुसवाह र प्रहरी जवान केशर शाहीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर तानेर अनुसन्धान थालिएको थियो । उक्त घटनामा पशु सेवा कार्यालय मकवानपुरले गोरु तस्कर भीम राईलाई पाँच हजार रुपैयाँ जरिवाना मात्र तिराएर गोरुहरू फिर्ता गरिदिएको थियो ।...
बागमती गोल्डकप: आज थ्री स्टार र हिमालयन शेर्पा भिड्दै

बागमती गोल्डकप: आज थ्री स्टार र हिमालयन शेर्पा भिड्दै

Breaking News 2, खेलकुद, बागमती, समाचार
६ फागुन, हेटौंडा । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दोस्रो क्वाटरफाइनलको खेल हुँदैछ । बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुने खेलमा थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ । गोल्डकपमा दुवै टिम सफल टोलि हो । थ्री स्टार चौथो संस्करणको विजेता हो भने हिमालयन शेर्पा तेसो संस्करणको उपविजेता हो । चौथो संस्करणमा विदेशी टोलि अफ्रिकन रुट्स एसोसिएसनलाई हराउँदै थ्री स्टारले उपाधी जितेको थियो भने तेसो संस्करण हिमालयन शेर्पा जावलाखेल युवा क्लबसँग पराजित हुँदै उपविजेता बनेको थियो । आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने  प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथ...
हेटौँडा गोरु तस्करी प्रकरणः चौकी इञ्चार्ज फुँयालसहित ३ जना जिल्ला तानिए

हेटौँडा गोरु तस्करी प्रकरणः चौकी इञ्चार्ज फुँयालसहित ३ जना जिल्ला तानिए

Breaking News 1, अर्थ, ट्रेन्डिङ, समाचार
५ फागुन, हेटौँडा । बंगलादेश पु¥याउँने उदेश्यले हेटौँडा हुँदै तस्करी भइरहेको २५ वटा गोरु तस्करी प्रकरणमा मकवानपुरको हेटौँडा १५ स्थित रातोमाटे प्रहरी चौकीका इञ्चार्ज कुमार फुँयालसहित ३ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिम्मेवारीबाट हटाएको छ । हेटौँडा हुँदै भइरहेको गोरु तस्करी प्रकरणमा छानवीनका लागि चौकी इञ्चार्ज फुयाँलसहित प्रहरी सहायक हवल्दार विपिन कुशवाह र प्रहरी जवान केशर शाहीलाई जिम्मेवारीबाट हटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक विश्वराज खड्काले जानकारी दिए । उनले ३ जनालाई छानवीनका लागि जिम्मेवारीबाट हटाएर जिल्ला तानेको बताए । प्रहरी उपरिक्षक खड्का अनुसार उक्त चौकीको इञ्चार्जको रुपमा प्रहरी सहायक निरिक्षकलाई पठाउने गरी निर्णय भएको छ । गोरु तस्करी प्रकरणमा प्रक्रियागत रुपमा छानवीन कार्य थालिएको उनको भनाई छ । आइतबार चितवनतिरबाट हेटौंडा हु...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज