६ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा बंशगोपाल माविका सज्जित लामिछाने प्रथम भएका छन ।
समूहले अन्तर्राष्ट्रिय सालक दिवसको अवसरमा सालक संरक्षणमा सरोकारवालाहरुको जिम्मेवारी र भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा लामिछाने प्रथम भएका हुन ।
प्रतियोगितामा सुनगाभा शिक्षा निकेतनकी प्रकृति लामिछाने मगर द्वितीय र बंशगोपाल बहुमुखी क्याम्पसकि पूजा लम्साल तृतिय भएका छन । हेटौडा – ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा रुपेश दुलाल र नानी माया रुम्बाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामहरि चौलागाई, सुनौलो आयआर्जन महिला समूहकी अध्यक्ष पवित्रा रुम्वा, समूहकी कोषाध्यक्ष गोमा लामिछाने, कार्षालय सचिव भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।