हेटौँडा गोरु तस्करी प्रकरणः चौकी इञ्चार्ज फुँयालसहित ३ जना जिल्ला तानिए

५ फागुन, हेटौँडा । बंगलादेश पु¥याउँने उदेश्यले हेटौँडा हुँदै तस्करी भइरहेको २५ वटा गोरु तस्करी प्रकरणमा मकवानपुरको हेटौँडा १५ स्थित रातोमाटे प्रहरी चौकीका इञ्चार्ज कुमार फुँयालसहित ३ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिम्मेवारीबाट हटाएको छ ।

हेटौँडा हुँदै भइरहेको गोरु तस्करी प्रकरणमा छानवीनका लागि चौकी इञ्चार्ज फुयाँलसहित प्रहरी सहायक हवल्दार विपिन कुशवाह र प्रहरी जवान केशर शाहीलाई जिम्मेवारीबाट हटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक विश्वराज खड्काले जानकारी दिए ।

उनले ३ जनालाई छानवीनका लागि जिम्मेवारीबाट हटाएर जिल्ला तानेको बताए । प्रहरी उपरिक्षक खड्का अनुसार उक्त चौकीको इञ्चार्जको रुपमा प्रहरी सहायक निरिक्षकलाई पठाउने गरी निर्णय भएको छ । गोरु तस्करी प्रकरणमा प्रक्रियागत रुपमा छानवीन कार्य थालिएको उनको भनाई छ ।

आइतबार चितवनतिरबाट हेटौंडा हुँदै पथलैयातर्फ गोरु बोकेर जाँदै गरेको ट्रकलाई पशु सेवा कार्यालय मकवानपुरले बाराको पथलैयाबाट नियन्त्रणमा लिएको थियो । उक्त घटनामा प्रहरीले नै स्कटिङ गरेर तस्करी भइरहेको गोरु सहितको बा. प्र. ०३–००१ ख १४२४ नम्बरको ट्रक रातोमाटे चौकीबाट भगाएर चुरियामाई नाका कटाएका थिए ।

यता जिल्ला पशु सेवा कार्यालय मकवानपुरले गोरु सहितको ट्रकलाई ५ हजार जरिवाना सहित छाडेको छ । गोरु ढुवानीकर्ता भिष्म राईलाई सम्पर्कमा ल्याएर कार्यालयले मापदण्ड विपरित गोरुहरु ल्याएको भन्दै कानुन बमोजिम ५ हजार रुपैयाँ जरीवाना गरेको कार्यालयका प्रमुख ब्रज किशोर ठाकुरले जानकारी दिए ।

उनका अनुसार राईलाई उक्त ट्रक सहितका गोरुहरु ल्याएको स्थानमा नै लगेर छाड्नेगरी निर्देशन दिइएको छ । उक्त घटनामा छानवीन गर्न कार्यालयले आन्तरिक राजस्व कार्यालय र हेटौँडा उपमहानगरपालिकालाई समेत पठाउने गरी प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

गोरु बंगलादेश लैजाने तयारी हुँदै थियो
पशु सेवा कार्यलय मकवानपुरका प्रमुख बज्रकिशोरले आइतबार राति नियन्त्रणमा लिएको २५ वटा गोरु झापा हुँदै बंगलादेश लैजाने तैयारी भइहरेको दावी गरेका छन् । ट्रक नियन्त्रणमा लिएर कागजातहरू छानबिन गर्दा उक्त गोरु बोकेको ट्रकको भेटेरेनरी प्रमाणपत्र नक्कली भेटिएको प्रमुख ठाकुरले जानकारी दिए । ‘२५ वटा जर्सीक्रस गोरु कृषि प्रयोजनका लागि झापा लगिँदै गरेको कागजपत्रमा उल्लेख छ ।

भेटेरेनरी प्रमाणपत्रमा आँबुखैरेनी, तनहुँका भीम राईले लक्ष्मी चौपाया सप्लायर्समार्फत झापाको हेमादेवी सप्लायर्सलाई उक्त गोरु बिक्री गरेको देखिन्छ,’ उनले भने, ‘सो कार्यका लागि डा. टीकाराम न्यौपानेले भेटेरेनरी प्रमाणपत्र जारी गरेका छन् ।’

छानबिनका क्रममा ती गोरु सर्लाहीको नवलपुरमा लगेर दुई दिन राख्ने र अर्को ट्रकमा हालेर झापा हुँदै बंगलादेश पठाउने योजना रहेको प्रमुख ठाकुरको दावी छ । लक्ष्मी चौपाया सप्लायर्स, मकवानपुर– १६ हेटौँडाको नाममा बिजक जारी गरिएको र प्रतिगोरु पाँच हजार रुपैयाँको खरिद बिल बनाएर कृषि प्रयोजन भनेर देखाइएको उनले बताए ।

ट्रकले हेटौँडा उपमहानगरपालिकाको पशुहाट सेवा शुल्कबापत २५ गोरुका लागि तीन हजार रुपैयाँ बुझाएको छ । उपमहानगरपालिकाले गाईगोरु ढुवानीबापत उक्त शुल्क प्रतिगोटा दुई सय रुपैयाँ दिएको छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज