हेटौँडा गोरु तस्करी प्रकरणः चौकी इञ्चार्ज फुँयालसहित ३ जना जिल्ला तानिए

५ फागुन, हेटौँडा । बंगलादेश पु¥याउँने उदेश्यले हेटौँडा हुँदै तस्करी भइरहेको २५ वटा गोरु तस्करी प्रकरणमा मकवानपुरको हेटौँडा १५ स्थित रातोमाटे प्रहरी चौकीका इञ्चार्ज कुमार फुँयालसहित ३ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिम्मेवारीबाट हटाएको छ ।

हेटौँडा हुँदै भइरहेको गोरु तस्करी प्रकरणमा छानवीनका लागि चौकी इञ्चार्ज फुयाँलसहित प्रहरी सहायक हवल्दार विपिन कुशवाह र प्रहरी जवान केशर शाहीलाई जिम्मेवारीबाट हटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक विश्वराज खड्काले जानकारी दिए ।

उनले ३ जनालाई छानवीनका लागि जिम्मेवारीबाट हटाएर जिल्ला तानेको बताए । प्रहरी उपरिक्षक खड्का अनुसार उक्त चौकीको इञ्चार्जको रुपमा प्रहरी सहायक निरिक्षकलाई पठाउने गरी निर्णय भएको छ । गोरु तस्करी प्रकरणमा प्रक्रियागत रुपमा छानवीन कार्य थालिएको उनको भनाई छ ।

आइतबार चितवनतिरबाट हेटौंडा हुँदै पथलैयातर्फ गोरु बोकेर जाँदै गरेको ट्रकलाई पशु सेवा कार्यालय मकवानपुरले बाराको पथलैयाबाट नियन्त्रणमा लिएको थियो । उक्त घटनामा प्रहरीले नै स्कटिङ गरेर तस्करी भइरहेको गोरु सहितको बा. प्र. ०३–००१ ख १४२४ नम्बरको ट्रक रातोमाटे चौकीबाट भगाएर चुरियामाई नाका कटाएका थिए ।

यता जिल्ला पशु सेवा कार्यालय मकवानपुरले गोरु सहितको ट्रकलाई ५ हजार जरिवाना सहित छाडेको छ । गोरु ढुवानीकर्ता भिष्म राईलाई सम्पर्कमा ल्याएर कार्यालयले मापदण्ड विपरित गोरुहरु ल्याएको भन्दै कानुन बमोजिम ५ हजार रुपैयाँ जरीवाना गरेको कार्यालयका प्रमुख ब्रज किशोर ठाकुरले जानकारी दिए ।

उनका अनुसार राईलाई उक्त ट्रक सहितका गोरुहरु ल्याएको स्थानमा नै लगेर छाड्नेगरी निर्देशन दिइएको छ । उक्त घटनामा छानवीन गर्न कार्यालयले आन्तरिक राजस्व कार्यालय र हेटौँडा उपमहानगरपालिकालाई समेत पठाउने गरी प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

गोरु बंगलादेश लैजाने तयारी हुँदै थियो
पशु सेवा कार्यलय मकवानपुरका प्रमुख बज्रकिशोरले आइतबार राति नियन्त्रणमा लिएको २५ वटा गोरु झापा हुँदै बंगलादेश लैजाने तैयारी भइहरेको दावी गरेका छन् । ट्रक नियन्त्रणमा लिएर कागजातहरू छानबिन गर्दा उक्त गोरु बोकेको ट्रकको भेटेरेनरी प्रमाणपत्र नक्कली भेटिएको प्रमुख ठाकुरले जानकारी दिए । ‘२५ वटा जर्सीक्रस गोरु कृषि प्रयोजनका लागि झापा लगिँदै गरेको कागजपत्रमा उल्लेख छ ।

भेटेरेनरी प्रमाणपत्रमा आँबुखैरेनी, तनहुँका भीम राईले लक्ष्मी चौपाया सप्लायर्समार्फत झापाको हेमादेवी सप्लायर्सलाई उक्त गोरु बिक्री गरेको देखिन्छ,’ उनले भने, ‘सो कार्यका लागि डा. टीकाराम न्यौपानेले भेटेरेनरी प्रमाणपत्र जारी गरेका छन् ।’

छानबिनका क्रममा ती गोरु सर्लाहीको नवलपुरमा लगेर दुई दिन राख्ने र अर्को ट्रकमा हालेर झापा हुँदै बंगलादेश पठाउने योजना रहेको प्रमुख ठाकुरको दावी छ । लक्ष्मी चौपाया सप्लायर्स, मकवानपुर– १६ हेटौँडाको नाममा बिजक जारी गरिएको र प्रतिगोरु पाँच हजार रुपैयाँको खरिद बिल बनाएर कृषि प्रयोजन भनेर देखाइएको उनले बताए ।

ट्रकले हेटौँडा उपमहानगरपालिकाको पशुहाट सेवा शुल्कबापत २५ गोरुका लागि तीन हजार रुपैयाँ बुझाएको छ । उपमहानगरपालिकाले गाईगोरु ढुवानीबापत उक्त शुल्क प्रतिगोटा दुई सय रुपैयाँ दिएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...