१७ चैत, हेटौँडा । जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाको अनुसन्धान तीव्र बनाइँदै जाँदा पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजाल लाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो । जेन–जी आन्दोलन जाँचबुझ आयोगको सिफारिसका आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेन–जी आन्दोलनका क्रममा छविलाल रिजाल काठमाडौंका सीडीओको जिम्मेवारीमा रहेका थिए। आन्दोलनका बेला भएका गतिविधि र सम्भावित निर्णयगत भूमिकाबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको बताइएको छ।
यसअघि आयोगको सिफारिसअनुसार प्रहरीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई पनि गत शनिबार नियन्त्रणमा लिइसकेको छ।
जेन–जी आन्दोलनका क्रममा भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन र जिम्मेवार व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।