मोवाइल टावर मर्मत गर्ने क्रममा एकजनाको मृत्यू
११ कात्तिक, धनकुटा । धनकुटामा मोवाइल टावर मर्मत गर्ने क्रममा एकजनाको मृत्यू मृत्यु भएको छ । बिहीबार बिहान एनसेल टावरको विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका सागुरीगढी वडा नम्बर ३ का नरबहादुर मिभक लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो ।
लिम्बू जेडटीई नेपालको तर्फबाट विद्युत मर्मत कार्यमा संलग्न ब्यत्ति हुँन । टावर मर्मतको जिम्मालिएको जेडटीई नेपालले सुरक्षाका मापदण्डहरु पालना नगर्दा घटना भएको बताइएको छ । घटना पछि, जेडटीई नेपालका साइड प्रबन्धक गणेश नेपाललाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान अगाडी बढाएको जनाएको छ।...














