प्रदेश सभा बैठक बुधबार १ बजेसम्मका लागि स्थगित

२० चैत, हेटौँडा । मंगलबार १ बजेको लागि बोलाइएको बागमती प्रदेशसभाको बैठक बस्न नसकेपछि बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश सभामा सत्तापक्ष र प्रतिपक्ष दलहरुबिच बजेट माथिको विवाद कायमै रहेपछि प्रदेशसभाको बैठक सूचना टाँस गरेर बुधबार १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

मंगलबार बिहान ९ बजेदेखि बसेको सर्वदलिय बैठकमा दलहरुबीच दिनभर छलफल भएपनि सहमती जुटन नसकेपछि मंगलबारको प्रदेशसभा बैठक बस्न सकेन् । विगतको सहमती कार्यान्वयनको ठोस प्रतिवद्धता नभएसम्म सदन चल्न नदिने प्रतिपक्षीको अडानकाकार दिनभर दलहरुबिच सहमतीका लागि छलफल भएको थियो ।

मंगलबार दिउँसो १ बजेका लागि आह्वान भएको प्रदेशसभा बैठक दलहरु बिच सहमती हुन नसकेपछि अपरान्ह ४ बजेसम्मका लागि सारिएको थियो । त्यसबिचमा पनि दलहरुबिच सहमती हुन नसक्दा ४ बजे आह्वान गरेको बैठक पनि बस्ने अवस्था नरहेपछि सूचना टाँस गरेर बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

मंगलबार बसेको प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ दलको बैठक पछिको कार्य व्यवस्था परामर्श समितिको बैठकले बुधबार १ बजेसम्मका लागि बैठक सार्ने निर्णय गरेको थियो । प्रदेश सभामा सत्तापक्षीय दल र प्रतिपक्षी दलहरुबिचमा बजेट बाँडफाँडको विषयलाई लिएर सुरुदेखि नै विवाद रहँदै आएको थियो । सोहि विषयलाई ध्यानमा राखेर प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले दलहरुबिच रहेको असहमती टुंग्याएर प्रदेशसभा बैठक नियमित गर्न सर्वदलिय बैठक आव्हान गरेका थिए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...