बागमती प्रदेश युवा परिषद्ले विशिष्ट युवा प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गर्दै

२० चैत, हेटौँडा । युवामा रहेका सिर्जनात्मक क्षमता र उद्यमशील सोचलाई मूर्त बनाउने उद्देश्यसहित बागमती प्रदेश युवा परिषद् र मकवानपुर बहुमुखी क्याम्पसको सहकार्यमा ‘विशिष्ट युवा प्रतिभा पहिचान कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । नवाचारलाई प्रोत्साहन गर्दै युवा स्टार्टअपलाई आवश्यक परामर्श, वित्तीय सहायता, प्रविधि तथा पूर्वाधारको पहुँच उपलब्ध गराउने उद्देश्यका साथ सुरु गरिएको विशिष्ट युवा प्रतिभा पहिचान कार्यक्रम निरन्तर सञ्चालन हुनेछ ।

कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा.यम सिलवाल र प्रदेश युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंबीच समझदारीपत्र आदान–प्रदान गरिएको हो । कार्यक्रम अन्तर्गत नवप्रवर्तनशील सोचलाई व्यवसायमा रूपान्तरण गर्दै उद्यमशीलता प्रवद्र्धन तथा रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।
विभिन्न चरणमा छनोट गरिने युवा नवप्रवर्तकलाई स्टार्टअप इन्क्यूवेटरमार्फत सहजीकरण गरिनुका साथै व्यवसायिक तालिम, नेतृत्व विकास, लगानी व्यवस्थापन र डिजिटल मार्केटिङ सम्बन्धी ज्ञान प्रदान गर्ने लक्ष्य राखिएको परिषदका कार्यकारी उपाध्यक्ष चौलागाईंले बताए ।

उनका अनुसार नवाचारयुक्त स्टार्टअपको पहिचान गरी तिनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन आवश्यक सहयोग तथा पूर्वाधार उपलब्ध गराइनेछ । लगानीकर्तासँग प्रत्यक्ष सम्पर्क स्थापना गर्दै युवा व्यवसायीलाई वित्तीय स्रोत जुटाउन सहायता पु¥याउने योजना बनाइएको छ । साथै स्टार्टअप एक्सपो, इनोभेशन समिट तथा उद्यमशीलता प्रवद्र्धन गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिने तयारी गरिएको जानकारी दिइएको छ । परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईंले देशको आर्थिक वृद्धिमा योगदान गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमले नवीन सोचलाई व्यावसायिक सफलता दिलाउने मात्र नभई स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिभावान् युवाहरूलाई स्वदेशमै अवसर प्रदान गर्दै ‘ब्रेन ड्रेन’ न्यूनीकरणमा टेवा पु¥याउने विश्वास गरिएको छ । कार्यक्रम अन्तर्गत नवप्रवर्तक तथा स्टार्टअपलाई वित्तीय सहायता र लगानीको व्यवस्थापन गर्न विभिन्न उपाय अपनाइने छ । प्रतिस्पर्धी रूपमा अनुदान वा बीउ पुँजी उपलब्ध गराइने, स्टार्टअपलाई लगानीकर्तासँग जोड्ने अवसर प्रदान गरिने, बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी उद्यमशील युवा स्टार्टअपलाई सहुलीयतपूर्ण ऋण उपलब्ध गराइने, स्टार्टअप व्यवसाय दर्ता, कर व्यवस्थापन तथा लगानी स्रोत पहिचानका लागि परामर्श दिइने, उद्यमशील युवालाई स्टार्टअप प्रवद्र्धनका लागि जोखिम पूँजीको पहुँच उपलब्ध गराइने तथा नवप्रवर्तनशील स्टार्टअपलाई अनुदान वा सहुलीयतपूर्ण वित्तीय सहायता प्रदान गरिने योजना रहेको चौलागाईंले बताए ।
नवाचार, प्रविधि र वित्तीय पहुँचको प्रवद्र्धन गर्दै दिगो विकास लक्ष्य हाँसिल गर्न केन्द्रीत यो कार्यक्रमले युवा उद्यमशीलताको नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ । इच्छुक युवाहरूलाई यस अवसरलाई सदुपयोग गर्न आवेदन दिन आह्वान गर्दै आयोजकले नवप्रवर्तनशील सोचलाई मूर्त रूप दिन सक्रिय सहभागिताको लागि आग्रह गरेका छन् । समझदारीपत्र आदानप्रदान कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष अनन्त पौडल, क्याम्पसका निवर्तमान अध्यक्ष एवम् बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, परिषद्का कार्यालय प्रमुख रमेश घिमिरे, स्ववियू सभापति प्रसिद्ध रेग्मी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...