२० चैत, हेटौँडा । बागमती प्रदेशसभाको दोस्रो कार्यकालेको ५औं अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले अधिवेशन अन्त्य गरेका हुन् ।
उनले नेपालको संविधानको घारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको चालू ५औं अधिवेशन अन्त्य गरेका हुन् । सोहीअनुसार प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारराति ११ः५९ बजेबाट अन्त्य हुनेछ । १८ माघबाट सुरु भएको हिउँदे अधिवेशन अन्तर्गत जम्मा ४ दिनमा जम्मा ६ वटा बैठक बसेको छ ।
यस्तै १९ चैतमा बोलाइएको प्रदेश सभाको बैठक दलहरुबिचको असमझदारीका कारण दुईपटकसम्म सरेर अत्य गरिएको छ । बुधबार बिहान बसेका बागमती प्रदेशको मन्त्रिपरिषदको बैठकले प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । संसद बैठक संचालनका लागि मंगलबार बसेको सर्वदलीय बैठकले निष्कर्ष दिन नसकेपछी संसद प्रभावित भएको थियो ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले प्रतिपक्षी दलहरुका कारण प्रदेशसभाको बैठक चल्न सक्ने अवस्था नरहेकाले अधिवेशन अन्त्यको निर्णयमा पुगेको दावी गरे । उनले अब सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा केन्द्रीत हुने जानकारी दिए ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।