बागमती प्रदेश सरकार संसद प्रति गैरजिम्मेवार बनेको प्रतिपक्षको आरोप

२० चैत, हेटौंडा । बागमती प्रदेशका प्रतिपक्ष दलहरुले सरकार संसद प्रति गैरजिम्मेवार र असफल सावित भएको दावी गरेका छन् । प्रदेशसभाको बैठक आह्वान भइरहदाँ सरकारले हठात् चालु अधिवेशन अन्त्य गर्नुले सरकार गैरजिम्मेवार र असफल भएको दावी गरेका हुन् ।

बुधबार दिउँसो १ बजे प्रदेश सभा आव्हान भएकै अवस्थामा बिहान मन्त्रिपरिषदको बैठक बसेर चालु अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेसँगै प्रतिपक्षीहरु आक्रोसित बनेका हुन् । सरकारको सिफारिसमा प्रदेश प्रमुखले चालु अधिवेशन बुधबार रातिबाट लागु हुनेगरी अन्त्यसमेत गरेका छन् ।

बुधबार प्रदेशसभा सचिवालय हेटौँडामा पत्रकार सम्मेलन गर्दै प्रतिपक्षी दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले सरकारले संसद छलेर निरंकुश शैली देखाएको आरोप लगाएका छन् । उनीहरुले सरकार संसद प्रति गैरजिम्मेवार बनेको बताए । आफनो कमिकमजोरी र असफलतालाई ढाकछोप गर्न संसद छल्ने काम गरेको उनीहरुको दावी छ ।

माअ‍ेवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सरकारको उक्त प्रवृत्तिले सरकार र प्रतिपक्ष दल बिच द्वन्दको स्थिती निम्तिन सक्ने सम्भावना देखिएको बताए ।

‘सरकारले हठात अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सरकार प्रदेशसभाबाट भागेर गैरजिम्मेवार ढंबाट प्रस्तुत भएको छ ।’ उनले भने, ‘दलहरु बिच छलफल चलिरहदा अधिवेशन अन्त्य गर्ने निर्णयले सरकारको अपरिपक्व दम्भ र निरंकुश शैलि उदांगिएको छ ।’

सरकारको उक्त निर्णयले कार्यपालिका र व्यवस्थापिका बिचको दुरी बढाउने काम गरेको उनको आरोप छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरु विच भएको सहमति, गत असोजको ११÷१२ गतेको अविरल वर्षापछि राहात उद्धार र पूनःनिर्माण विषय आलटाल गर्ने काम गरेको उनले बताए ।

उनका अनुुसार सरकारका कारणले आगामी बजेट अधिवेशनलाई पनि अनिश्चित दिशामा धकेलिने सम्भावन बढेको छ । दलहरु बिचको सहमति र सहकार्यबाट भाग्ने सरकारले नीति, कार्यक्रम र बजेट समेत ल्याउने नैतिकता गुमाएको उनले बताए । सरकारले गैरजिम्मेवार हर्कत छोडेर बार्ता र सहमति मार्फत अगाडी बढ्न उनले माग गरेका छन् ।

नयाँ पत्रीकाबाट

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...