बागमती प्रदेश सरकार संसद प्रति गैरजिम्मेवार बनेको प्रतिपक्षको आरोप

२० चैत, हेटौंडा । बागमती प्रदेशका प्रतिपक्ष दलहरुले सरकार संसद प्रति गैरजिम्मेवार र असफल सावित भएको दावी गरेका छन् । प्रदेशसभाको बैठक आह्वान भइरहदाँ सरकारले हठात् चालु अधिवेशन अन्त्य गर्नुले सरकार गैरजिम्मेवार र असफल भएको दावी गरेका हुन् ।

बुधबार दिउँसो १ बजे प्रदेश सभा आव्हान भएकै अवस्थामा बिहान मन्त्रिपरिषदको बैठक बसेर चालु अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेसँगै प्रतिपक्षीहरु आक्रोसित बनेका हुन् । सरकारको सिफारिसमा प्रदेश प्रमुखले चालु अधिवेशन बुधबार रातिबाट लागु हुनेगरी अन्त्यसमेत गरेका छन् ।

बुधबार प्रदेशसभा सचिवालय हेटौँडामा पत्रकार सम्मेलन गर्दै प्रतिपक्षी दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले सरकारले संसद छलेर निरंकुश शैली देखाएको आरोप लगाएका छन् । उनीहरुले सरकार संसद प्रति गैरजिम्मेवार बनेको बताए । आफनो कमिकमजोरी र असफलतालाई ढाकछोप गर्न संसद छल्ने काम गरेको उनीहरुको दावी छ ।

माअ‍ेवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सरकारको उक्त प्रवृत्तिले सरकार र प्रतिपक्ष दल बिच द्वन्दको स्थिती निम्तिन सक्ने सम्भावना देखिएको बताए ।

‘सरकारले हठात अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सरकार प्रदेशसभाबाट भागेर गैरजिम्मेवार ढंबाट प्रस्तुत भएको छ ।’ उनले भने, ‘दलहरु बिच छलफल चलिरहदा अधिवेशन अन्त्य गर्ने निर्णयले सरकारको अपरिपक्व दम्भ र निरंकुश शैलि उदांगिएको छ ।’

सरकारको उक्त निर्णयले कार्यपालिका र व्यवस्थापिका बिचको दुरी बढाउने काम गरेको उनको आरोप छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरु विच भएको सहमति, गत असोजको ११÷१२ गतेको अविरल वर्षापछि राहात उद्धार र पूनःनिर्माण विषय आलटाल गर्ने काम गरेको उनले बताए ।

उनका अनुुसार सरकारका कारणले आगामी बजेट अधिवेशनलाई पनि अनिश्चित दिशामा धकेलिने सम्भावन बढेको छ । दलहरु बिचको सहमति र सहकार्यबाट भाग्ने सरकारले नीति, कार्यक्रम र बजेट समेत ल्याउने नैतिकता गुमाएको उनले बताए । सरकारले गैरजिम्मेवार हर्कत छोडेर बार्ता र सहमति मार्फत अगाडी बढ्न उनले माग गरेका छन् ।

नयाँ पत्रीकाबाट

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...