प्रदेशबाटै लाइसेन्स र ब्लु बुक छाप्दै बागमती सरकारको तयारी

१५ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशबाटै सवारी चालक अनुमति पत्र ९लाइसेन्स० र सवारी धनी दर्ता पूर्जा ९ब्लु बुक० छपाइ गर्ने भएको छ । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले लाइसेन्स र ब्लु बुक छपाईका लागि मेसिन खरिदको प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयले गत वैशाख ४ गते लाइसेन्स र ब्लु बुक छपाईका लागि मेसिन खरिदको बोलपत्र आह्वान गरेको मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार टेन्डर प्रक्रिया सम्पन्न गरेर आगामी असारबाटै लाइसेन्स र ब्लु बुक छपाईको काम अघि बढाउने तयारी रहेको छ ।

मन्त्रालयले टेन्डर मार्फत ३ वटा लेजर प्रिन्टर खरिदको लागि प्रस्ताव आह्वान गरेको हो । लेजर प्रिन्टरबाट २ लाख ३५ हजार लाइसेन्स र ३ लाख ब्लु बुक को डिजिटल कार्ड छापिने गरी मेसिन खरिदका लागि बोलपत्र आह्वान गरिएको उनले बताए ।

लाइसेन्स छपाइ गर्ने मेसिन प्रदेशका ३ जिल्लामा राखेर कार्ड छपाइको कार्य गर्ने मन्त्रालयको योजना रहेको उनले बताए । हाल लाइसेन्स वितरणको सेवा रहेका कार्यालयबाट प्राप्त डाटालाई उक्त मेसिनहरूबाट छपाई गरेर छिटो छरितो रूपमा नागरिकलाई सेवा दिने मन्त्रालयको तयारी रहेको उनले बताए ।

भौगोलिक अनुकूलता अनुसार १३ जिल्लालाई पायक पर्ने गरी स्थानमा मेसिन राखिने सूचना अधिकारी पौडेलले बताए । असारबाट छपाईको काम सुरु गरेर आगामी आर्थिक वर्ष २०८२र०८३ को साउनबाट नियमित रूपमा कार्ड छपाइ गरिने उनले बताए ।

प्रदेश सरकारले लाइसेन्स तथा ब्लु बुक छपाईका लागि सङ्घीय सरकार अन्तर्गतको यातायात व्यवस्था विभागबाट डाटा तानेर ल्याइएको उनको भनाई छ । प्रदेश सरकारले छुट्टै सिस्टम निर्माण गरेर लाइसेन्स र ब्लु बुक छपाई गर्ने गरी काम अघि बढाएको उनले बताए । सङ्घीय सरकारले बनाएको लाइसेन्स र ब्लु बुक को डिजाइन अनुसार प्रदेश सरकारले छपाई गर्ने उनले बताए ।

‘यसअघि यातायात व्यवस्था विभागले लाइसेन्सको डिजिटल कार्ड छापेर पठाउने गरेको थियो । जसले गर्दा सेवा प्रवाह निकै समस्या भइरहेको थियो । हले वर्षैसम्म लाइसेन्स छपाईको काम अल्झिएर रहेको छ ।’ उनले भने, ‘अब प्रदेशबाटै लाइसेन्स छपाई गर्ने गरी काम अघि बढेको छ । हामीले लाइसेन्स छपाईको काम अघि बढाउन मेसिन खरिदको बोलपत्र पनि आह्वान गरेका छौँ । टेन्डर प्रक्रिया सकेर असारबाट छपाईको काम थाल्ने योजना रहेको छ । प्रदेशको छुट्टै सिस्टम बनाएर ३ जिल्लामा मेसिन राखेर छाप्ने प्रक्रिया अघि बढाउँछौ ।’

बागमती प्रदेशको १२ लाख थान लाइसेन्स कार्ड छाप्न बाँकी रहेको छ । २०७८ मा लाइसेन्स लिने प्रक्रियामा गएकाहरूको समेत छाप्न बाँकी रहेको उनले बताए । प्रदेश सरकारले उक्त अवस्थालाई मध्यनजर गरेर लाइसेन्स छाप्ने मेसिन खरिदको काम अघि बढाएको उनको भनाई छ ।

विभागले २०८१ चैतसम्मको कार्ड छापेर पठाउने र २०८२ वैशाखदेखिको कार्डहरू प्रदेशबाट छपाई गर्ने गरी अघि बढिएको उनले बताए ।उनका अनुसार एक वर्षमा २ लाख लाइसेन्स कार्ड र १५ लाख ब्लु बुक छपाई गर्ने र उक्त कार्डले प्रदेशलाई धान्न सक्ने अनुमान मन्त्रालयको रहेको छ ।

उक्त कार्यका लागि मन्त्रालयले आफ्नै ‘बागमती ईडीएल’ ९इलेक्ट्रोनिक्स ड्राइभिङ लाइसेन्स० प्रणाली निर्माण गरेको उनले बताए । वैशाख १९ गते उक्त प्रणालीको उद्घाटन गर्ने तयारी रहेको उनको भनाई छ । उक्त सफ्टवेयरबाट यातायात क्षेत्रको सबै कामहरू गर्न सकिने र राष्ट्रिय परिचयपत्रसँग जोडिएकाले बायोमेट्रिक समेत स्वतः प्रणालीले प्राप्त गर्न सक्ने गरी स्तरोन्नति गर्ने काम अघि बढाइएको उनले बताए ।

मन्त्रालयले क्युआर कोड सहितको लाइसेन्स कार्ड छपाईको तयारी गरेको उनले बताए । चिप्स सहितको कार्ड खर्चिलो हुने भएकाले प्रविधि अनुसारको क्युआर कोर्ड रहेको कार्ड छपाइमा मन्त्रालयले काम गरिरहेको उनले बताए । सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को दसौँ संशोधनबाट क्युआर राख्न सकिने व्यवस्था गरिएको उनले बताए ।

प्रदेश सरकारले विगतदेखि नै लाइसेन्स छपाई तथा वितरणका लागि बजेट छुट्याउँदै आएको थियो । उक्त योजनामा बजेट छुटिए पनि कार्यान्वयन नहुँदा वर्षेनी बजेट फ्रिज हुँदै आएको थियो ।

चालु आर्थिक वर्ष २०८१र०८२ मा मन्त्रालयले लाइसेन्स छपाई मेसिन खरिदका लागि ४ करोड २० लाख रुपैयाँ र कार्ड खरिदका लागि ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको सूचना अधिकारी पौडेलले बताए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...