संसदीय निर्वाचनको झल्को दिनेगरी ज्ञानोदय बालबाटिका एकेडेमीमा विद्यार्थीको निर्वाचन

३० बैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालीका वडा नम्बर २, संगमचोक स्थित ज्ञानोदय बालबाटिका एकेडेमीका विद्यार्थिहरुले मतदान प्रक्रियाबाट आफ्नो बिद्यालयको क्याप्टेन र भाइस क्याप्टेन तथा हाउसको क्याप्टेन र भाइस क्याप्टेन चयन गरेका छन् । क्याप्टेन चयन गर्दा अपनाइएको निर्वाचन प्रक्रियाले कुनै आवधिक वा स्थानीय तहको निर्वााचनको झल्को दिएको थियो ।

विद्यार्थीहरुले अध्ययन गर्ने सामाजिक शिक्षमा निर्वाचन प्रक्रियाका बारेमा पढ्नै पर्ने र व्यवहारीक ज्ञान समेत हुने भएपछी बिद्यालयले विद्यार्थीहरुबिच क्याप्टेन तथा भाइस क्याप्टेन चयन गर्न निर्वाचन प्रक्रयिा अपनाएको वद्यिालयका अतरिक्ति क्रयिाकलाप संयोजक प्रितेशकुमार कलवारले जानकारी दिए । बिद्यालयमा विद्यार्थीहरुको नेतृत्व चयनमा स्वच्छ प्रतिस्पर्धा पनि हुने र बिषयगत ज्ञान पनि हुने भएकाले निर्वाचन प्रक्रिया अपनाइएको उनको भनाई छ ।

यसअघी विद्यालय प्रशसान आफैले विद्यालयमा आवस्यक पर्ने क्याप्टेन र भाइस क्याप्टेन चयन गर्दै आएको थियो । आइतबार विद्यालयमा भएको निर्वाचनबाट क्याप्टेनमा छात्रतर्फ कक्षा ९ का निमेश आचार्य १७९ र छात्रातर्फ जमुना ढुंगाना १५३ मतसहित निर्वाचित भए । क्याप्टेनको छात्रर्फ निकटमत प्रतस्पिधी सुवास घलानले ९२ मत र छात्रातर्फ प्रविसा ढकालले ९३ र नुरमा राणाले २३ मत पाएको निर्वाचन अधकिृत अनिता न्यौपानेले जानकारी दिइन् ।

उनका अनुसार भाइस क्याप्टेनमा छात्रबाट कक्षा ८ का राजबिर बानियाँ १०६ मत र कक्षा ८ कै सुप्रिमा श्रेष्ठ १६६ मतसहित निर्वाचित हुँदा भाइस क्याप्टेनमा छात्रतर्फ समिप सिंहले ७५, आवेश उपे्रतीले ५६ र संस्कार बानियाँले ३४ मत तथा भाइस क्याप्टेनमा आर्जु खातुनले १०५ मत प्राप्त गरिन् ।
मतदानमा विद्यालयका कक्षा ६ देखी १० सम्मका २८५ विद्यार्थीले भाग लिएका थिए । विद्यालय चुनावमा जानुअघि उम्मेदवारी घोषणा, मनोनयन दर्ता, दावी विरोध, उम्मेदवारी फिर्ता, चुनाव प्रचार प्रसार, मौनअवधि जस्ता आधारभूत क्रियाकलापमा विद्यार्थीहरुलाई संलग्न गराएको निर्वाचन अधकिृत न्यौपानेले बताईन ।

नर्विाचनबाटै विद्यालयमा रहेका चारवटा विभिन्न हाउसका क्याप्टेन र भाइस क्याप्टेन पनि निर्वाचित भएको उनले जानकारी दिइन् । अधकिृत न्यौपानेका अनुसार रेड हाउसको क्याप्टेनमा छात्रतर्फ अंशराज दास १९ र छात्रातर्फ रिचा अग्रवाल २२ मतसहित निर्वाचित भएका छन् । यस्तै रेड हाउसको भाइस क्याप्टेनको लागि छात्रतर्फ एल्विक पुडासैनी १९ मत र छात्रातर्फ सम्रिना श्रेष्ठले ३५ मत प्राप्त गरि निर्वाचित भएका छन् ।

यसैगरी ब्लु हाउसको क्याप्टेनमा छात्रतर्फ आर्यन लामा ३८ मत र छात्रातर्फ रियुसा खड्गी ४५ मतसहित निर्वाचित भएका छन् । यस्तै भाइस क्याप्टेनमा छात्रतर्फ निर्मल गौतम ४० मत र निच्छेन लामा ४१ मतसहित निर्वाचित भएका छन् । यस्तै यल्लो हाउसको छात्रतर्फ नयन मानन्धर २२ मत र छात्रातर्फ वैश्नोदिप सापकोटा ४५ मतसहित निर्वाचित हुँदा भाइस क्याप्टेनको छात्रतर्फ इशान थापा १९ मत र छात्रातर्फ एन्जिला लामा ४५ मतसहित निर्वाचित भए ।

निर्वाचन अधिकृत न्यौपानेका अनुसार ग्रिन हाउसको छात्रतर्फ सन्देश थापा ४२ मत र छात्रातर्फ आरोशी श्रेष्ठ ३२ मतसहित निर्वाचित भएका छन भने भाइस क्याप्टेनको छात्रतर्फ रिशभ गुप्ता २० मत र छात्रातर्फ टिना ब्लोन निर्विरोध निर्वाचित भएका छन् ।प्रतस्पिर्धी विद्यार्थीहरूले आफ्नो योजना सहति विद्यालयमा रहेका विधार्थी मतदाताहरुसँग मत समेत मागेका थएि । विद्यार्थीहरुले विद्यालय परसिर भित्र बनाइएको चार वटा मतदान केन्द्रमा मतदान गरेका थिए ।

निर्वाचन सम्पन्न गराउन शिक्षकहरू मावि संयोजक भीम प्रधान, निमावि संयोजक करुणा थापा, भाग्य श्रेष्ठ, रमेश थापा, सुमिना थापा, आषिश सुवेदी, अञ्जली प्रधान लगाएतले विभिन्न जिम्मेवारीमा रहेर भूमिका निर्वाह गरेका थिए । निर्वाचित भएका विद्यालयका क्याप्टेन र भाइस क्याप्टेनहरुलाई विद्यालयका कार्यवाहक प्रिन्सिपल अनिरुद्र धमला र विद्यालयका सञ्चालक सञ्जय सुवेदीले जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...