त्रास र डर बोकेको नेतृत्वले समाजको विकास गर्न सक्दैनः नगर प्रमुख लामा

२४ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले त्रास र डरमा आधारित नेतृत्वबाट समाजको विकास सम्भव नभएको बताएकी छन् नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजना र हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा शनिबार सम्पन्न सञ्चार क्षेत्रमा प्रविधिले ल्याएका चुनौती र अवसरू विषयक कार्यशाला गोष्ठीमा प्रमुख अतिथिका रूपमा बोल्दै उनले सञ्चारकर्मीहरूले सकारात्मक समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखिन्।

“समाजमा मानवता हराउँदै गएको छ। यस्तो अवस्थामा सञ्चारकर्मीले नेताहरूको दृष्टिकोण जनस्तरसम्म पुर्‍याउनुका साथै जनतालाई सुसूचित गरेर नेतृत्वलाई जवाफदेही बनाउने गरी कलम चलाउनुपर्छ,” नगर प्रमुख लामाले भनिन्। उनले वर्तमान संविधान र व्यवस्थामाथि जनताको नकारात्मक दृष्टिकोण बन्न थालेको उल्लेख गर्दै सञ्चारकर्मीहरूले जनचेतना फैलाउन अग्रसर हुनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगरेकोप्रति सरकारप्रति आलोचना गर्दै पत्रकारिताको सुरक्षा सुनिश्चित गर्न राज्यमाथि दबाब सिर्जना गर्नुपर्ने बताए। “प्रविधिको तीव्र विकासले पत्रकारितामा नयाँ चुनौतीहरू थपिएको छ। यस्तो अवस्थामा पनि पत्रकारले आचारसंहिता र मूल्य मान्यतालाई ध्यान दिनुपर्छ,” महासचिव दाहालले भने।

बागमती प्रदेश पत्रकार महासंघका अध्यक्ष कृष्ण सारु मगरले परम्परागत पत्रकारिता संकटमा परेको बताउँदै सञ्चार माध्यमहरूले प्रविधिको अनुकूलन गर्नुपर्ने आवश्यकता औंल्याए। गोष्ठीमा सञ्चार रजिष्ट्रार रेवती सापकोटाले एआई (कृत्रिम बुद्धिमत्ता) को चुनौती र सम्भावनाबारे प्रस्तुति दिएका थिए भने महासचिव दाहालले विपद् पत्रकारिता र आचारसंहिता सम्बन्धी प्रशिक्षण दिएका थिए।

कार्यक्रम नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा हेटौंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष हरि हुमागाईं, सल्लाहकार अञ्जली थापा, पूर्व अध्यक्षहरू, विभिन्न पत्रकार संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...