बागमती गोल्डकपः उद्घाटन खेलमा बागमती युथको जित

१७ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ। उद्घाटन खेलमा आयोजकमाथि प्रभावशाली जित निकाल्दै सर्लाहीको बागमती युथ क्लबले प्रतियोगितामा सशक्त सुरुवात गरेको छ।

बागमती गाउँपालिका– ४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा बागमती युथ क्लबले आयोजक बागमती खेलकुद विकास समितिलाई ३–० गोल अन्तरले हराएको हो। खेलको ३१औँ मिनेटमा सुजन गुरुङले टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १–० ले अग्रता बनाएको बागमती युथले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो। बागमती युथले आक्रामक खेल प्रस्तुत गर्ने क्रममा ६८औँ मिनेटमा राजु लो र ७१औँ मिनेटमा अनिष महर्जनले थप गोल गर्दै जित सुनिश्चित गरे।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुजन गुरुङ ‘प्लेयर अफ दी म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। बागमती युथ क्लबले अब सेमिफाइनल प्रवेशका लागि साबिक विजेता चर्च ब्वाइज युनाइटेड, ललितपुरसँग प्रतिस्पर्धा गर्नेछ। चर्च ब्वाइज समूह ‘ए’बाट बाई पाएर क्वार्टरफाइनलमा पुगिसकेको छ।

प्रतियोगिताअन्तर्गत भोलि शुक्रबार त्रिभुवन आर्मी क्लब काठमाडौं र नवजनजागृति क्लब बारा भिड्ने छन्। यस्तै, १९ गते एपिएफ क्लब र चित्लाङ एफसी, २१ गते फ्रेन्ड्स क्लब ललितपुर र प्लानिङ ब्वाइज युनाइटेडबिच प्रतिस्पर्धा हुनेछ। यस्तै, २२ गते मछिन्द्र क्लब काठमाडौंले एपिएफ र चित्लाङबिचको विजेतासँग खेल्नेछ।

प्रतियोगिताको सेमिफाइनल खेल २३ र २४ गते हुनेछन् भने फाइनल वैशाख २६ गते हुनेछ। आयोजकसहित १० टिम सहभागी प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

खेलअघि प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, एन्फा केन्द्रीय सदस्य टीकाराम लामालगायतको उपस्थिति थियो।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...