Author: Hetauda Live

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन स्वास्थ्य मापदण्ड अपनाएर सफल पारौँ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन स्वास्थ्य मापदण्ड अपनाएर सफल पारौँ : वरिष्ठ नेता पौडेल

राजनीति
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य मापदण्ड अपनाएर कांग्रेसको १४ औँ महाधिवेशन सफल बनाउनु पर्ने बताउनुभएको छ । पार्टीको आजदेखि सुरु भएको वडा अधिवेशनको पूर्वसन्ध्यामा उहाँले एक विज्ञप्तिमार्फत कोरोनाको महामारी र वर्षाको विषम परिस्थितिमा हुन लागेको महाधिवेशनलाई सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभएको हो । वरिष्ठ नेता पौडेलले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेसभित्र सवल नेतृत्व आवश्यक रहेको जनाउँदै आत्माको पुकार सुनेर निर्णय गर्न आम नेता तथा कार्यकतालाई आग्रहसमेत गर्नुभयो । यस्तै पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि आज एक विज्ञप्ति जारी गर्दै कांग्रेस सङ्गठनको मेरुदण्ड भनेकै वडा, क्षेत्र र जिल्ला भएकाले वडामा सक्षम र सशक्त नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो । “लोकतान्त्रिक विधि, प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट वडा अध...
चर्चित मोडल निशा घिमिरेको उपचारका क्रममा निधन

चर्चित मोडल निशा घिमिरेको उपचारका क्रममा निधन

समाचार
काठमाडौँ। चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ। घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे निधन भएको नर्भिक अस्पतालले जनाएको छ।अस्पतालका अनुसार लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन। उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो।खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरू समेत लामो समयसम्म पुरिन सकेका थिएनन् । गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो । नर्भिक अस्पतालले अचेत अवस्थामा घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते उद्वार गरेको थियो । उद्वार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो । सो क्रममा उनको सबैखालका विकल्प तथा विधिबाट उपचार गरिए पनि बचाउन नसकेको जनाएको छ ।...
जापानमा कोभिड–१९ का कारण संसद् विघटन हुदैन : प्रधानमन्त्री सुगा

जापानमा कोभिड–१९ का कारण संसद् विघटन हुदैन : प्रधानमन्त्री सुगा

समाचार
काठमाडौँ । जापानका प्रधानमन्त्री यासिहिदे सुगाले अहिले नै जापानको संसद्को तल्लोसभा हाउस अफ रिप्रेजेन्टेटिभ विघटन नहुने बताउनुभएको छ । प्रधानमन्त्री सुगाले राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा आज सो कुराको जानकारी दिनुभएको हो । जापानमा पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको र यसका कारण राजनीतिक दल र नागरिकले पनि सरकारको विरोध गर्ने गरेका छन् । यहाँका विभिन्न विपक्षी राजनीतिक दलले यही कारणले संसद्को विघटन पनि हुनसक्ने बताएका थिए । दलको यही आशङ्काका बीचमा प्रधानमन्त्री सुगाले संसद् विघटनको कार्यक्रम नरहेको स्पष्ट गर्नुभएको हो । उहाँले अहिले नै संसद् विघटन नहुने र प्रतिनिधिसभाको निर्वाचन पूर्वनिर्धारित समयतालिका बमोजिम नै हुने पनि जानकारी दिनुभएको हो ।  ...
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितभन्दा निको हुने बढे

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितभन्दा निको हुने बढे

स्वास्थ्य
काठमाडौँ । कोरोना भाइरस सङ्क्रमितभन्दा आज निको हुनेको सङ्ख्या बढेको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या करिब एक हजारले बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दुई हजार ५२ जना सङ्क्रमित भएका छन भने तीन हजार ३० जना निको भएका छन् । चौध हजार ९३५ जनामा परीक्षण गर्दा दुई हजार ५२ जनामा सङ्क्रमण देखिएको हो । हाल सक्रिय सङ्क्रमित ३४ हजार १८९ जना रहेका छन् ।अहिलेसम्म सात लाख १९ हजार ३३६ जना निको भई घर फर्किएका छन् । यस्तै निको हुनेको दर पनि बढेको छ । आज नेपालमा निको हुने दर ९४.१ प्रतिशत पुगेको छ । यसभन्दाअघि ९३.९ प्रतिशत निको भएका थिए । यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा २० जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ७७० जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६३ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ । हाल ५६३ जना सघन उपचार कक...
सामाजिक विकासमन्त्री खनालद्वारा राजीनामा

सामाजिक विकासमन्त्री खनालद्वारा राजीनामा

समाचार
काठमाडौँ । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिनुभएको छ । नेकपा (एमाले)का तर्फबाट मन्त्री बन्नुभएका उहाँले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नुभएको बताइएको छ ।  उहाँले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र हुनुहुन्छ ।प्रदेशसभाका १२ सदस्यले मंगलबार  निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गर्नुभएको थियो । ...
नेपाल राष्ट्रिय तामाङ घेदुङले स्वर्गीय कुलमानको  निधनप्रति  श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

नेपाल राष्ट्रिय तामाङ घेदुङले स्वर्गीय कुलमानको निधनप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

समाचार
काठमाडौँ ।  नेपाल राष्ट्रिय तामाङ घेदुङले संस्थाका केन्द्रीय उपाध्यक्ष एवं समाजसेवी कुलमान लोप्चन तामाङको  निधनप्रति  श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्रिय तामाङ घेदुङले मंगलबार केन्द्रीय कार्यालय बसुन्धरामा आयोजित एक कार्यक्रममा राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष वीरबहादुर योञ्जन, महासचिव प्रबिन कुमार बल, पूर्व क्याप्टेन एवं नेपाल राष्ट्रिय तामाङ घेदुङका सल्लाहकार देब कुमार लामा, स्वर्गीय कुलमान लोप्चन तामाङका छोरा राजनसिंह तामाङ, धर्मगुरु साङग़े दोर्जे लामा, फुर्बा लामा,  बुद्ध लामा, आशिष रिजाल, नेपाल राष्ट्रिय तामाङ घेदुङ कुवेतका अध्यक्ष केशरी तामाङ, पूर्व खेलकुद प्रशिक्षक सिंह बहादुर तामाङ, महिला विभागका अध्यक्ष बबिता तामङ सहित केन्द्रीय सदस्यहरूको उपस्थितिमा स्वर्गीय कुलमान लोप्चन तामाङको तस्वीरमा मार्ल्या अर्पण गरेका थिए।श्रद्धाञ्जली कार्यक्रममा पूर्व क्याप्टेन देब कुम...
माओवादी एक नं. पार्टी नबन्दासम्म स्थायित्व र विकास हुँदैन : अध्यक्ष दाहाल

माओवादी एक नं. पार्टी नबन्दासम्म स्थायित्व र विकास हुँदैन : अध्यक्ष दाहाल

समाचार
काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै गठबन्धनको सरकार विस्तार हुने र देश तथा जनताको समस्या समाधानमा केन्द्रित हुने बताउनुभएको छ ।पार्टी सम्बद्ध सर्लाही–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आज पनि गठबन्धनको बैठक बसेको र भोलि पनि आवश्यक छलफल गरी निष्कर्ष निकालिने बताउनुभयो ।उहाँले आफ्नो पार्टीलाई एक नं. को नहुँदासम्म देशमा स्थायित्व र विकाससमेत नहुने दावी गर्नुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, “तराई मधेस माओवादीमय नहुँदासम्म मधेसी जनताको हित र मुक्ति सम्भव छैन । माओवादीबाहेक अरू कसैलाई मत दिँदा परिणाम के हुँदोरहेछ भन्ने हामीले गएको तीन वर्षमा भोगिसकेका छौँ ।”उहाँले केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा अहिलेसम्म राजनीतिक लडाइँ लडेर प्राप्त गरेको सबै उपलब्धि झन्डै गुमेको बताउनुभयो । “केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा झन...
अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली फर्किए

अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली फर्किए

समाचार
काठमाडौँ । अफगानिस्तनाबाट हालसम्म ८२८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आज मात्रै टर्किस एयरको नियमित उडानबाट ४५ र आइतबार साँझ फ्लाई दुबईको उडानबाट पाँचजना फर्किएका थिए ।मन्त्रालयका अनुसार काबुलमा उद्धारको पखाइमा रहेका थप नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक पहल भइरहेको छ । स्वदेश फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरी आवश्यक व्यवस्थापन गरिएको छ ।मन्त्रालयले उद्धारका लागि प्रतीक्षारत एवम् अफगानिस्तानमा रहेका र नेपालमा रहेका परिवारजन वा आफैँले पनि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टल तथा उपलब्ध भएका मोबाइल नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरिएको छ । ...
विश्वभर ४५ लाखभन्दा बढी कोभिड सङ्क्रमितको मृत्यु भएको पुष्टि

विश्वभर ४५ लाखभन्दा बढी कोभिड सङ्क्रमितको मृत्यु भएको पुष्टि

समाचार
काठमाडौँ । विश्वमा कोभिड–१९ को महामारीका कारण कम्तीमा ४५ लाख मानिसले ज्यान गुमाएका एएफपीलाई प्राप्त स्रोतहरूबाट पुष्टि भएको छ । विश्वभरबाट सङ्कलन गरेको सम्बन्धित मुलुकको आधिकारिक तथ्याङ्क अनुसार सोमबारसम्ममा कूल ४५ लाख ५० हजार ६२० कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । कोभिडका कारण जुलाईको सुरुमा सबैभन्दा धेरै दैनिक सात हजार ८०० कोभिड सङ्क्रमितको मृत्यु भएको थियो ।गत हप्ता प्रति दिन औसत एक हजार २९० जनाको मृत्यु भएको र संयुक्त राज्य अमेरिका पुनः एक पटक विश्वकै सबैभन्दा बढी मृत्यु हुने मुलुकका रूपमा देखिएको छ । यस बर्षको जनवरीमा अमेरिकामा प्रति दिन औसत तीन हजार ३८० जनाको मृत्यु दर्ता गरिएको थियो भने यो सङ्ख्या ग्रीष्मऋतुको सुरुसम्ममा घटेर २०० मा झरेको थियो । विश्वले पुनः डेल्टा भेरिएन्टको लहरको सामना गरिरहेका कारण कोभिडजन्य मृतकहरूको सङ्ख्यामा वृद्धि हुन थालेको हो । अति सङ्क्रामक क्षमता रहेको ...
कोभिड कहरः ७३ प्रतिशत अन्तर्राष्ट्रिय हवाई यात्रु घटे

कोभिड कहरः ७३ प्रतिशत अन्तर्राष्ट्रिय हवाई यात्रु घटे

समाचार
काठमाडौँ । कोभिड–१९ महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आर्थिक आम्दानी घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने हवाई यात्रुको सङ्ख्या पनि उल्लेख्यरुपमा घटेको छ ।कोभिड महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रले नराम्ररी क्षति बेहोर्नुपरेको छ । यसमध्ये पनि सबैभन्दा बढी असर हवाई क्षेत्रमा परेको छ । मुलुकको हवाई क्षेत्रको नियामक निकाय प्राधिकरणले महामारी अवधिका दुई आर्थिक वर्षमा ४३ र ७२ प्रतिशत आम्दानी घटेको जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रगति विवरणमा महामारीका कारण प्राधिकरणको आव २०७६/०७७ को प्रक्षेपित आम्दानी रु १० अर्ब ५४ करोड ४१ लाखभन्दा उक्त आवमा ४३ प्रतिशत र आव २०७७/०७८ मा ७२ प्रतिशत न्यून हुन पुगेको छ । विसं २०७६ फागुनदेखि विश्वमा देखापरको कोरोनाको महामारीका कारण यसब...