Day: September 17, 2021

३० वर्षपछि  १४ औं  अधिवेशनले प्रताब मोक्तान वडा सभापति चयन

३० वर्षपछि १४ औं अधिवेशनले प्रताब मोक्तान वडा सभापति चयन

समाचार
रामेछाप । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सुनापति गाउँपालिका ३ नम्बर वडा सभापति प्रताब मोक्तान निर्विरोध  चयन गरिएको छ।गत भदौ २३ गते  नेपाली कांग्रेसको १४ औं  अधिवेशनले मोक्तानलाई सर्वसहमत चयन गरिएको हो । २०४८ साल देखि नेपाली कांग्रेसका क्रियाशील सदस्य पाएका मोक्तान दन्दकालमा किसान संघका सचिव समेत भएका छन् । निरन्तर नेपाली काँग्रेस लागि परेतापनि करिब ३० वर्षपछि  १४ औं  अधिवेशनले मोक्तानलाई वडा सभापति चयन गरिएको छ।वडा सभापति मोक्तानले नेपाली कांग्रेसमा होमिएको ३० वर्षपछि आफ्ना पाटीले वडा सभापतिको जिम्मेवारी दिएकोमा गुनासो व्यक्त गर्दै  १४ औं  अधिवेशनबाट वडा सभापति चयन गरिएकोमा विभिन्न तह र तप्काका अग्रजहरुलाई धन्यवाद व्यक्त गरिएको छ ।त्यसैगरी मोक्तानले आगामी चुनावमा सम्पूर्णको साथ र सहयोगको साथ अगाडि बढ्ने लक्ष्य राखिएको सुनापति न्युज डटकमलाई जानकारी दिनुभयो ।...