Day: September 25, 2021

सुनापति गाउँपालिकाको बेथान भिरमा बोलेरो गाडी दुर्घटना हुँदा ५  जना गम्भीर घाइते

सुनापति गाउँपालिकाको बेथान भिरमा बोलेरो गाडी दुर्घटना हुँदा ५ जना गम्भीर घाइते

समाचार
रामेछाप ।  रामेछाप जिल्ला सुनापति गाउँपालिकाको वडा नम्बर – ४ स्थित बेथान भिरमा काठमाडौबाट हिलेदेवी तर्फ आउँदै गरेको प्रदेश नं.३-०१०२४ च १४४० नं.को डबल क्याबको बोलेरो गाडी दुर्घटना हुँदा २ जना गम्भीर घाइते र ३ जान सामान्य भएको छन् ।भोली हुने नेपाली कांग्रेसको १४ औं  गाउँ अधिवेशनको लागि आज काठमाडौंबाट हिलेदेवी तर्फ आउंदै गरेको प्रदेश नं.३-०१०२४ च.१४४० नं.को डबल क्याबको बोलेरो करिब ६ बजेतिर बेथान भिरमा अचानक सडकबाट करिब १ सय मिटर तल खस्दा गाडीमा रहेका पाँच जना घाइते भएको अस्थाई प्रहरी विट सुनापतिले सुनापति न्युज डटकमलाई जानकारी दिनुभयो ।घाइते हुनेहरुमा सुनापति गाउँपालिका–३ हिलेदवी निवासी जितेन्द्र मोक्तान, हिलेदेवीकै शारदा खत्री, मेघ बहादुर खत्री, जय प्रकाश गौतम र चालक राम कुमार लामा रहेका छन् ।दुर्घटनाका घाइते सबैलाई धुलिखेल अस्पतालमा लगिएको छ । दुर्घटना के कारणले भएको भन्नेबारे प्रहरीले अनु...