कोरोना कहरमा पनि माक्स लगाएरै सुनापति महादेवको दर्शन धुमधामले सम्पन्न

रामेछाप।सुनापति गाउँपालिकाको चर्चित धार्मिक एवं पर्यटकिय स्थल  सुनापति डाँडामा जनैपूर्णिमाका दिन वर्षेनी मनाइने पूर्णिमा पर्व स्थानीयले कोरोना संक्रमण जोखिम हुँदाहुँदै पनि परम्परा जर्गेना गर्न माक्स लगाएरै धुमधाम साथ मनाएका छन् ।

परम्परादेखि मनाउँदै आइएको जनैपूर्णिमा पर्व कोरोना महामारीका बीच गाउँपालिका भित्रका विभिन्न स्थानबाट धामी झाक्री, भक्तजनहरु सुनापतिस्थित सुनापति महादेवको मन्दिरमा पुगेर दर्शन गर्दा आफ्नो मनले सोचिएको मोनकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास रहीआएको छ ।त्यसले गर्दा काभ्रे, दोलखा, रामेछाप, काठमाडौँ लगायतका ठाउँबाट हजारौँ श्रद्धालु भक्तजनहरु महादेवको दर्शन गर्न आउने गरेको पाइन्छ ।

पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको सुनापति डाँडामा महादेवको दर्शनसँगै घुमघामका लागि हजारौ आन्तरिक तथा बाह्य पर्यटक यही अवसरमा सुनापति डाँडामा पुग्ने गर्छन् । सुनापतिमा महादेवको दर्शनका लागि यस वर्ष करिब १०० जना धामीझाँक्री र ५,६ सय जना  श्रद्धालु, भक्तजनहरुले महादेवको दर्शन गरिएको छ । स्थानीयका अनुसार गत वर्षमा भन्दा यस वर्ष महादेवको दर्शन गर्ने धामीझाँक्री र  श्रद्धालु, भक्तजनहरु केही कम भएको बताउनुभयो । 

सुनापति गाउँपालिका ३ नं. वडा अध्यक्ष बाबुराम तामाङले महादेवको दर्शन रोक्न नमिल्ने भएकाले स्वास्थ्य र सुरक्षाका सबै मापदण्ड पालना गरि भीडभाड हुने गतिविधि रोक्न र दर्शनलाई औपचारिकता दिनेगरी काम गराउन भनि निर्देशन गरिएको बताए । महादेवको दर्शन गर्दा हुने सम्भावित भीडलाई व्यवस्थित गर्न प्रहरी पनि परिचालन गरेका थियौँ’ अध्यक्ष तामाङले भने, यस्तो बेलामा स्वयम् नागरिकहरु पनि सचेत र जिम्मेवार बन्नुपर्छ, दर्शन अर्को पटक गर्न पनि सकिन्छ ।’

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...