तुइन तर्ने क्रममा बेपत्ता धामीका परिवारलाई सरकारले १० लाख दिने

काठमाडौँ । नेपाल सरकारले दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुला व्यास गाउँपालिकाका जयसिंह धामीको परिवारलाई आर्थिक सहायतास्वरूप रु १० लाख रकम उपलब्ध गराउने भएको छ । 

मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । यसैगरी मन्त्रिपरिषद् बैठकले सार्स–कोभ–२ एमआरएनए र हैजा खोपको क्लिनिकल ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । सरकारले अतिकम विकसित राष्ट्रसम्बन्धी उच्चस्तरीय एशिया प्रशान्त क्षेत्र पुनरावलोकन बैठकमा नेपालका तर्फबाट भर्चुअलरूपमा सहभागिता जनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेललाई मनोनयन गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल विद्युत् प्राधिकरण मैनहिया–सम्पत्तिया र बुर्तिबाङ पौदी–अमराई तम्घास सन्धिखर्क गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत प्रसारण लाइनको केन्द्र रेखाबाट दायाँ नौ मिटर बायाँ नौ मिटर गरी जम्मा १८ मिटरभित्र पर्ने निजी जग्गालगायत अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गर्न गठित समितिमा अध्यक्ष र सदस्य तोक्ने निर्णय गरेको छ ।

सरकारले विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एशियाका लागि क्षेत्रीय निर्देशक पदमा नेपालका तर्फबाट कपलिवस्तु निवासी डा शम्भुप्रसाद आचार्यको उम्मेदवारीका लागि मनोनयन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । 

यसैगरी बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र शलोनी प्रधान सिंहलाई तथा नेपाल कानून आयोगको अध्यक्षमा पूर्वमुख्य न्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...