तुइन तर्ने क्रममा बेपत्ता धामीका परिवारलाई सरकारले १० लाख दिने

काठमाडौँ । नेपाल सरकारले दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुला व्यास गाउँपालिकाका जयसिंह धामीको परिवारलाई आर्थिक सहायतास्वरूप रु १० लाख रकम उपलब्ध गराउने भएको छ । 

मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । यसैगरी मन्त्रिपरिषद् बैठकले सार्स–कोभ–२ एमआरएनए र हैजा खोपको क्लिनिकल ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । सरकारले अतिकम विकसित राष्ट्रसम्बन्धी उच्चस्तरीय एशिया प्रशान्त क्षेत्र पुनरावलोकन बैठकमा नेपालका तर्फबाट भर्चुअलरूपमा सहभागिता जनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेललाई मनोनयन गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल विद्युत् प्राधिकरण मैनहिया–सम्पत्तिया र बुर्तिबाङ पौदी–अमराई तम्घास सन्धिखर्क गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत प्रसारण लाइनको केन्द्र रेखाबाट दायाँ नौ मिटर बायाँ नौ मिटर गरी जम्मा १८ मिटरभित्र पर्ने निजी जग्गालगायत अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गर्न गठित समितिमा अध्यक्ष र सदस्य तोक्ने निर्णय गरेको छ ।

सरकारले विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एशियाका लागि क्षेत्रीय निर्देशक पदमा नेपालका तर्फबाट कपलिवस्तु निवासी डा शम्भुप्रसाद आचार्यको उम्मेदवारीका लागि मनोनयन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । 

यसैगरी बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र शलोनी प्रधान सिंहलाई तथा नेपाल कानून आयोगको अध्यक्षमा पूर्वमुख्य न्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...