लिखु तामाकोसी गाउँपालिकालाई तेश्रो सुनापति गाउँपालिका अध्यक्षको उपाधि

रामेछाप । सुनापति गाउँपालिका खेलकुद विकास समितिले आयोजना गरेका जिल्ला स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको “तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७८” लिखु तामाकोसी गाउँपालिकाले हात पारेको छ ।  चैत्र ५ गतेदेखि ८ गतेसम्म भएको प्रतियोगितामा २ नगरपालिका सहित  ६  गाउँपालिका गरि ८ टिम सहभागी थिए । त्यसमध्ये  ७ टिमलाई पछि पार्दै लिखु तामाकोसी गाउँपालिकाले २ लाख रुपैयाँ नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पारेको हो ।

 

मंगलबार सम्पन्न सुनापति गाउँपालिकाको खेल मैदान हिलेदेविमा भएको फाइनल खेलमा गोकुलगंगा गाउँपालिकालाई  पराजित गर्दै लिखु तामाकोसी गाउँपालिकाले उपाधि जितेको हो । प्रतिस्पर्धात्मक रूपमा सम्पन्न खेलमा गोकुलगंगा गाउँपालिकालाई हराउँदै लिखु तामाकोसी गाउँपालिका विजेता बनेको हो । यसैगरी, गोकुलगंगा गाउँपालिकाले दोस्रो पुरस्कार १ लाख रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । तृतीय पुरस्कार रामेछाप नगरपालिकाले हात पारेको छ । रामेछाप नगरपालिकाले ५० हजार रुपैयाँ नगद सहित शिल्ड मेडल र प्रमाणपत्र हात पारेका छन् भने, खाँडादेवि गाउँपालिका सान्तोना भएको छ ।

सात्वना हुने खाँडादेवी गाउँपालिकाले २५ हजार नगद साथै मेडल र प्रमाणपत्र प्राप्त गरेका छ । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्पाइकरण, उत्कृष्ट प्रशिक्षक लगायतलाई पनि नगद तथा मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै ब्याडमिन्टनमा महिलातर्फ दोरम्बा शैलुङ्ग गाउँपालिका प्रथम, मन्थली नगरपालिका द्धितीय र सुनापति गाउँपालिका तृतीय भएको छ । पुरुषतर्फ खाँडादेवि गाउँपालिका प्रथम, रामेछाप नगरपालिका द्धितीय र सुनापति गाउँपालिकाले तृतीय स्थान हासिल गरेको छ । ब्याडमिन्टन पुरुषतर्फ खाँडादेवी गाउँपालिकाका तेजबहादुर खत्री र अनिल तामाङ तथा महिला तर्फ दोरम्बा शैलुङ्ग गाउँपालिकाको संगीता तामाङ र शोमा गुरुङले उपाधी हात पारेका छन् । ब्याडमिन्टन प्रतियोगिताका विजेताले नगद १५÷१५ हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

महिला तर्फ मन्थली नगरपालिकाका युना श्रेष्ठ र बबिता बिक तथा पुरुषतर्फ रामेछाप नगरपालिकाका बलराम लामा र सुदिप श्रेष्ठ द्वितीय भएका छन् । द्वितीय हुनेले १०÷१० हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । तृतीय हुने महिलातर्फ सुनापती गाउँपालिकाका उर्मिला दाहाल र लक्ष्मी थापामगर तथा पुरुषतर्फ सुनापती गाउँपालिकाका विशाल लामा र बिरेन्द्र ग्यापकले ५ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजेतालाई बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रि रत्न ढकालले पुरस्कार वितरण गरिएका थिए । 

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...