सुदूरपश्चिमकै पहिलो महिला सवारी चालक सम्मानित

महेन्द्रनगर–सुदूरपश्चिमकी पहिलो महिला सवारी चालक रविना चन्दलाई सम्मान गरिएको छ । महेन्द्रनगर बसपार्कमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल यातायात मजदुर संघ कञ्चनपुरले सुदूरपश्चिमकै प्रथम सार्वजनिक सवारी चालक रविना चन्दलाई सम्मान गरेको हो ।

 

 

नेपाल यातायात मजदुर संघ कञ्चनपुरका अध्यक्ष धर्मानन्द जोशीको सभापतित्व एवं नेपाल यातायात व्यवसायी महासंघका उपाध्यक्ष डम्बरराज पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिममै एक मात्र सार्वजनिक सवारी चालक चन्दलाई प्रमाण पत्र सहित खादामाला र अविर टिका लगाएर सम्मान गरएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात व्यवसायी महासंघका उपाध्यक्ष डम्बरराज पन्तले रविनालाई दिका र खादा लगाएर सम्मान पत्र प्रदान हस्तान्तरण गरेका थिए । उपाध्यक्ष पन्तले सुदूरपश्चिममा सार्वजनिक यातायातका सवारी चालक एक प्रतिशत रहेकोमा बि क्याटेगोरीको पहिलो महिला चालक बनेर महिलाले पनि केही गर्न सक्ने रहेछन भनि देखाएको भन्दै सवारी चालक रविनालाई बधाई दिनुभयो । जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मण पचभैयाले सुदूरपश्चिमकै पहिलो महिला सवारी चालक रविनालाई अनुशासित र सावधानीपुर्वक सवारी साधन चलाउन सुझाव दिनुभयो । ‘महिला भएर पनि ठुलो हिम्मत लिएर ड्राईभिङ पेशामा आवद्ध हुनुभएको छ, यसले अन्य महिलालाई यस पेशामा आउन उत्पे्ररणा मिल्नेछ,’ पचभैयाले भन्नुभयो ‘ट्राफिक प्रहरीको नाताले बहिनीलाई म के सुझाव दिन चाहन्छु भने तपाईले सवारी चलाउदै गर्दा आफु अनुशासित भएर चलाउनुहोला र यात्रुहरुलाई सुरक्षित यात्रा गराउनुहोला ।’

 

सार्वजनिक यातायातका साधनहरुमा महिला चालकको सहभागिता बढ्दै गए महिलाहरू सक्षम हुँदै जाने नेपाल यातायात मजदुर संघ कञ्चनपुरका अध्यक्ष धर्मानन्द जोशीले बताउनुभयो । महिला चालक सहचालक नभएको अवस्था महिला नै चालक हुँदा महिलाहरूलाई यात्रा गर्न सजिलो हुने अध्यक्ष जोशीले बताउनुभयो । ‘पुरुष चालकहरू अधिकांश हुइएकिर गाडी चलाउने, मापसे सेवन गर्ने र जसले दुर्घटना समेत निम्त्याउने गरेको देखिन्छ’–उनले भन्नुभयो ‘महिलाहरूको सहभागीताले महिलाहरुको सुरक्षित यात्रा हुन्छ ।’

रविनाले किन सवारी चलाउन थालिन्

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का डबल बहादुर चन्दकी १९ वर्षीया छोरी रबिनाले एक वर्ष पहिले सवारी चालक अनुमति पत्र बनाएकी थिईन । घरमा गाडी भएपनी सवारी चालक छोड्ने र नयाँ राख्नुपर्ने समस्या बेहोर्नु परेपछि सवारी चालक बन्ने निर्णय लिएको रविनाले बताउनुभयो । ‘घरमा जिप थियो तर सवारी चालक राख्ने तर छोड्ने, समस्याले बाबाले मलाई सवारी चालक बन्न भन्नुभयो, अनि मैले पनि आट गरे र जिप चलाउन सिके, सवारी चालक रविानाले भनिन् ‘मलाई सवारी चालक बन्ने प्रेरणा बुवाले नै दिनुभएको हो ।’
अन्य बेरोजगार युवासाथीहरुलाई पनि सवारी चालक बन्न उत्पेरणा र तालिम दिने रविनाले बताउनुभयो । ‘आत्मनिर्भर बन्नको लागि अन्य साथीहरुलाई सवारी चलाउन सिक्नुहोस भन्छु, तालिम दिन्छु,’ रविनाले भनिनन् ‘बेराजगार बस्नुभन्दा गरेर खाने हो, के हुन्छ र ?’

 

उनले ड्राईभिङ लाईनमा महिलालाई त्यसो खासै चुनौती र समस्या नभएता पनि सबै सवारी चालकलाई बाटोघाटोमा रहेका खाल्डाखुल्डीले समस्या पारेको बताउनु भयो । ‘यस क्षेत्रमा महिलालाई खासै समस्या छैन् तर सबै सवारी चालकहरुलाई सडकमा हुने खाल्डाखुल्डीले सबैभन्दा बढि समस्या पारेको छ,’ उनले भनिन् ‘सबै ठाउमा कालोपत्रे सडक भएता पनि सडकहरुको स्तरोन्नती नभएको कारण समस्या छ ।’

 

गाडी चलाउन सिकेको केही समयमै लाइसेन्स पनि निकालेकी रविना अहिले महेन्द्रनगर धनगढी–बैतडी रुटमा गाडी चलाउँदै आएकी छन् । उनले सह–चालक पनि महिला राख्ने सोच बनाएको बताइन् । सवारी चलाउनु रविनाको मुख्य पेशा बन्दै गएपनी पढाइलाई पनि उनले निरन्तरता दिएकी छन् । कुलाउ माविमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्दै आएको रविनाले बताइन । पढाई सँगै अहिले चालकपेशालाई निरन्तरता दिएको उनले बताईन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...