बागमती प्रदेश सभा बैठक १९ चैतमा

१३ चैत, हेटौँडा । बागमती प्रदेश सभाको बैठक चैत १९ गते बस्ने भएको छ। प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले संसद् बैठक १९ गते १ बजेका लागि आह्वान गरेका हुन्। उक्त बैठकमा संसदमा संशोधनका लागि प्राप्त चार विधेयक पारित गर्ने कार्यसूची रहेको सभामुख पाठकले जानकारी दिए । प्रदेश सभाको हिउँदे अधिवेशनअन्तर्गत दोस्रो कार्यकालको पाँचौँ अधिवेशनको सातौँ बैठक आह्वान गरिएको उनले बताए । संसदीय समितिमा विचाराधीन रहेको संशोधन विधेयकका प्रतिवेदन पेस गरी पारित गर्नुपर्ने भएकाले संसद् बैठक आह्वान गरिएको उनको भनाइ छ ।

यसअघि प्रदेश सभाको गत माघ १८ गतेबाट सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत २३ माघमा दुई, २४ गते एक र २६ गते दुईवटा बैठक सञ्चालन भएका थिए । त्यसपश्चात् अनिश्चितकालका लागि स्थगित भएको बैठक दुई महिनापछि आह्वान गरिएको हो । गत माघ २६ गते बसेको प्रदेश सभा बैठकले प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको थियो भने अन्य चार विधेयकलाई संसदीय समितिमा छलफलका लागि पठाएको थियो ।

प्रदेश सभाकी सूचना अधिकारी हेमा न्यौपानेका अनुसार प्रदेश सभाको बैठकले विषयगत समितिमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान २०७६ लाई संशोधन गर्न बनेको विधेयक, कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन पेस हुने न्यौपानेले बताइन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट फिर्ता भई आएको प्रदेश कृषि विकास विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि संशोधनसहित प्रतिवेदन पेस हुने कार्यसूची रहेको उनको भनाइ छ ।

संसद् बैठक आह्वान भएसँगै संसदीय समितिको बैठकसमेत बोलाइएको छ । सूचना अधिकारी न्यौपानेका अनुसार शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठक चैत १३ र १४ गतेका लागि बोलाइएको छ भने उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक चैत १७ र १८ गते बस्ने तय भएको छ । उक्त बैठकले संसदमा पेस हुने संशोधन विधेयकको प्रतिवेदनलाई अन्तिम रूप दिने उनको भनाइ छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...