
हेटौँडामा देवरले गरे भाउजुको हत्या, दाईमाथी खुकुरी प्रहार
१३ चैत, हेटौँडा। हेटौँडामा आफ्नै देवरले भाउँजुको विभत्स हत्या गरेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ चौकीटोलमा २२ वर्षीय राहुल दासले बुधबार आफ्नै जेठी भाउजुको खुकरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरीका अनुसार राहुलले ३५ वर्षीया गुडिया दासलाई बुधबार दिउँसो खुकुरी प्रहार गरी हत्या गरेका हुन् । यस्तै राहुलको आक्रमणबाट माहिला दाजु रुपेश दास घाइते भएका छन् । उनको हेटौँडास्थित मकवानपुर सहकारीमा उपचार भइरहेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्ष ठाकुर प्रसाद सापकोटाका अनुसार राहुलले माइलो दाईमाथी खुकुरी आक्रमण गरेको भन्ने खबर पाएर पुगेको प्रहरीले उनलाई पक्राउ गरेर दिउँसो जिल्ला प्रहरी कार्यलयमा ल्याएको थियो । घरका सदस्यहरुले जेठी बुहारी गुडियालाई नदेखपछि खोजतलास गर्ने क्रममा घरको माथिल्लो तल्लामा बन्...