१३ चैत, हेटौँडा । एएफसी एशियन कप–२०२७ को छनोट अन्तर्गत हिजो भएको खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोरबारूमा रहेको सुल्तान इब्राहिम रङ्गशालामा नेपाल २–० ले पराजित भएको हो ।
मलेसियाले दुवै हाफमा एक÷एक गोल ग¥यो । नेपालले यससँगै छनोटको तेस्रो चरण हारबाट शुरुआत गरेको छ । समूह एफमा नेपाल र मलेसियासँगै भिएतनाम र लाओस पनि छन् ।
अर्को खेलमा भिएतनामले लाओसलाई ५–० गोलले हराएको छ । अब जुनमा हुने छनोट खेलमा नेपालले लाओससँग र अर्को खेलमा भियतनाम र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । यस पटकको छनोटमा एशियाका २४ टोलीलाई छ समूहमा विभाजित गरिएको छ ।
होम एण्ड अवे पद्धतीमा खेलाइने छनोटपछि हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ । नेपाल र मलेसियाबीचको हिजोको खेल नेपालमा हुनुपर्ने भए पनि एशियाली फुटबल महासङ्घले दशरथ रङ्गशालालाई मान्यता नदिएपछि खेल मलेसियामा भएको हो ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।