हेटौँडामा देवरले गरे भाउजुको हत्या, दाईमाथी खुकुरी प्रहार

१३ चैत, हेटौँडा। हेटौँडामा आफ्नै देवरले भाउँजुको विभत्स हत्या गरेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ चौकीटोलमा २२ वर्षीय राहुल दासले बुधबार आफ्नै जेठी भाउजुको खुकरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरीका अनुसार राहुलले ३५ वर्षीया गुडिया दासलाई बुधबार दिउँसो खुकुरी प्रहार गरी हत्या गरेका हुन् । यस्तै राहुलको आक्रमणबाट माहिला दाजु रुपेश दास घाइते भएका छन् । उनको हेटौँडास्थित मकवानपुर सहकारीमा उपचार भइरहेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्ष ठाकुर प्रसाद सापकोटाका अनुसार राहुलले माइलो दाईमाथी खुकुरी आक्रमण गरेको भन्ने खबर पाएर पुगेको प्रहरीले उनलाई पक्राउ गरेर दिउँसो जिल्ला प्रहरी कार्यलयमा ल्याएको थियो । घरका सदस्यहरुले जेठी बुहारी गुडियालाई नदेखपछि खोजतलास गर्ने क्रममा घरको माथिल्लो तल्लामा बन्द कोठा भित्र मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी निरीक्षक सापकोटाले राहुलले माइलो दाई रुपेशलाई भन्दा पहिला भाउजुलाई खुकरी प्रहार गरेर कोठामा बन्द गरेको हुनसक्ने बताए । राहुललाई प्रहरीले पक्राउ गरेको छ । राहुलले किन र के उदेश्यले भाउजु र माइलो दाईमाथी आक्रमण गरे भन्ने खुली नसकेको उनको भनाई छ ।

निरीक्षक सापकोटाका अनुसार मृतक गुडियाका श्रीमान रोशन दास रोजगारीको सिलसिलामा कतारमा छन् । गुडियाका ३ सन्तान रहेका छन् । घटनाको बारेमा अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।

 

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...