मकवानपुरमा शनिवार भएका छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, ११ जना घाइते

१६ चैत, हेटौँडा । मकवानपुरमा शनिबार भएका छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु र ११ जना घाइतेभएका छन् । हेटौँडा उपमहानगरपालिका–१९ मा भएको ट्याक्टर दुर्घटनामा परी ट्याक्टरको चालकको मृत्युभएको छ।

हेटौँडा १९ ज्यामिरे हेल्थपोस्ट नजिक भित्री सडकखण्डमा ज्यामिरे खोलाबाट ज्यामिरे हेल्थपोस्टतर्फ जाँदै गरेको बा।प्र।२–०३–००१ त ४३७१ नम्बरको बालुवा लोड गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टरले च्यापिएर चालक पर्सा जगरनाथपुर गाउँपालिका ४ हरपुर बस्ने १९ वर्षीय सद्दाम हुसेनको घटनास्थलमा नै मृत्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

यस्तै, भीमफेदी कुलेखानी काठमाडौँ सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ४ स्थित प्रेमडाँडामा विद्युतीय गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। रौतहटबाट काठमाडौँ तर्फ जाँदै गरेको बा।प्र।०१–०३१ च ५५१५ नं।को विद्युतीय गाडीको सडकबाट ७० मिटर तल भिरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरी टोलीले गाडीका चालकसहित ११ जना घाइतेलाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार घाइतेको उपचारको लागि मधेश प्रदेश ०३–००१ ज। ०४५३ नम्बरको विद्युतीय गाडीमा काठमाडौँ पठाएको छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...