मकवानपुरमा शनिवार भएका छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, ११ जना घाइते

१६ चैत, हेटौँडा । मकवानपुरमा शनिबार भएका छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु र ११ जना घाइतेभएका छन् । हेटौँडा उपमहानगरपालिका–१९ मा भएको ट्याक्टर दुर्घटनामा परी ट्याक्टरको चालकको मृत्युभएको छ।

हेटौँडा १९ ज्यामिरे हेल्थपोस्ट नजिक भित्री सडकखण्डमा ज्यामिरे खोलाबाट ज्यामिरे हेल्थपोस्टतर्फ जाँदै गरेको बा।प्र।२–०३–००१ त ४३७१ नम्बरको बालुवा लोड गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टरले च्यापिएर चालक पर्सा जगरनाथपुर गाउँपालिका ४ हरपुर बस्ने १९ वर्षीय सद्दाम हुसेनको घटनास्थलमा नै मृत्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

यस्तै, भीमफेदी कुलेखानी काठमाडौँ सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ४ स्थित प्रेमडाँडामा विद्युतीय गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। रौतहटबाट काठमाडौँ तर्फ जाँदै गरेको बा।प्र।०१–०३१ च ५५१५ नं।को विद्युतीय गाडीको सडकबाट ७० मिटर तल भिरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरी टोलीले गाडीका चालकसहित ११ जना घाइतेलाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार घाइतेको उपचारको लागि मधेश प्रदेश ०३–००१ ज। ०४५३ नम्बरको विद्युतीय गाडीमा काठमाडौँ पठाएको छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...