Day: March 29, 2025

मकवानपुरमा शनिवार भएका छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, ११ जना घाइते

मकवानपुरमा शनिवार भएका छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, ११ जना घाइते

Breaking News 2, ताजा अपडेट, समाचार
१६ चैत, हेटौँडा । मकवानपुरमा शनिबार भएका छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु र ११ जना घाइतेभएका छन् । हेटौँडा उपमहानगरपालिका–१९ मा भएको ट्याक्टर दुर्घटनामा परी ट्याक्टरको चालकको मृत्युभएको छ। हेटौँडा १९ ज्यामिरे हेल्थपोस्ट नजिक भित्री सडकखण्डमा ज्यामिरे खोलाबाट ज्यामिरे हेल्थपोस्टतर्फ जाँदै गरेको बा।प्र।२–०३–००१ त ४३७१ नम्बरको बालुवा लोड गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टरले च्यापिएर चालक पर्सा जगरनाथपुर गाउँपालिका ४ हरपुर बस्ने १९ वर्षीय सद्दाम हुसेनको घटनास्थलमा नै मृत्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । यस्तै, भीमफेदी कुलेखानी काठमाडौँ सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ४ स्थित प्रेमडाँडामा विद्युतीय गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। रौतहटबाट काठमाडौँ तर्फ जाँदै गरेक...
पत्रकार हत्या र सञ्चार गृहमाथिको आक्रमणको पत्रकार महासंघ मकवानपुरद्वारा विरोध

पत्रकार हत्या र सञ्चार गृहमाथिको आक्रमणको पत्रकार महासंघ मकवानपुरद्वारा विरोध

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
१६ चैत, हेटौँडा । शुक्रबार राजावादीको प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक र विभिन्न सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ मकवानपुरले विरोधसभाको आयोजना गरेको छ। महासंघ मकवानपुरको आयोजनामा हेटौँडा२, पल्पसा हलबाट र्‍यालीसहित सीमाचोकमा पुगेर विरोधसभा गरेको थियो । समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा मकवानपुरका पत्रकारहरू आन्दोलित भएका हुन् । हेटौँडाको पल्पसा(सभागृहबाट सुरु भएको पत्रकारहरूको प्रदर्शन मकवानपुर उद्योग वाणिज्य संघ, पिपलबोट, बुद्धचोक हुँदै सीमाचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । महासंघको स्थापना दिवसकै दिन पत्रकार र मिडियामाथि आक्रमण भएपछि महासंघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको हो। कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पूर्वअध्यक्ष प्रताप विष्...
राजावादीको प्रदर्शका क्रमम दुईको मृत्यु, १५ सवारी साधन र १४ ठाउँमा आगजनी

राजावादीको प्रदर्शका क्रमम दुईको मृत्यु, १५ सवारी साधन र १४ ठाउँमा आगजनी

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
१६ चैत, हेटौँडा । राजवादीको प्रदर्शनका क्रममा हिजो शुक्रबार दिनभर तनावग्रत बनेको काठामाडौंको तीनकुने क्षेत्रमा दुई जनाको मृत्यु र ५३ जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक गरेको तथयांकअनुसार निजी र सरकारी गरेर १५ सवारी साधनमा आगजनी हुँदा १४ ठाउँका भौतिक संरचना ध्वस्त भएका छन् । पूर्व राजाका समर्थकले लुटपाटसमेत गरेका छन् । पूर्वराजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ । तीनकुने घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको घोषणा गरिएको प्रहरीले जनाएको छ । यस्तै तीनकुनेस्थित म...