१८ चैत, हेटौँडा । बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले आज (सोमबार) अपराह्न ४ः३० बजेका लागि बोलाएको सर्वदलीय बैठक भोलि मंगलबार बिहान् बस्ने भएको छ । भोलि मंगलबार दिउँसो बस्ने बागमती प्रदेशसभाको बैठक अघि प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबिच छलफलका लागि भन्दै आज ९सोमबार० सर्वलिय बैठक बोलाएका थिए ।
आजै अपरान्ह प्रदेश मन्त्रिपरिषद्को बैठक बस्ने र सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष शालिकराम जम्कट्टेल समेत उपस्थित हुन नसक्ने भएपछि सर्वदलीय बैठक भोलिका लागि सारिएको बुझिएको छ । सभामुख पाठकले पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेशसभा संचालनको विषयहरु टुंग्याउन सर्वदलिय बैठक आह्वान गरेको जानकारी दिए ।
विगतका सहमती, पछिल्लो समय प्रदेश सरकारका कामकाज तथा हालै विकशित राजनीतिक घटनाक्रमको बारेमा छलफल गरेर अघि बढ्ने तयारी रहेको उनको भनाई छ । सभामुख पाठकका अनुसार सत्तापक्ष र प्रतिपक्ष बिचका राजनीतिक सहमती कार्यान्वयनका सवालमा छलफल गर्न पनि सर्वदलिय बैठक आह्वान गरिएको हो । बैठकले प्रदेशसभाको १९ चैतमा बस्ने बैठकका कार्यसूचिका विषयमा पनि निर्णय गर्ने सभामुख पाठकको भनाई छ ।
११० सदस्यीय बागमती प्रदेशसभामा ७ दलको प्रतिनधित्व रहेको छ । जसमा कांग्रेस ३७, एमाले २७ ९उपसभामु सहित०, राप्रपा १३ ९सभामुख सहित०, एकीकृत समाजवादी ७, नेमकीपा ३ र हाम्रो नेपाली पार्टी २ सांसद सहित प्रतिनिधित्व रहेको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।