मकवानपुरमा पौडी खेल्ने क्रममा खोलामा डुबेर ३ बालक मृत्यु
१८ चैत, हेटौंडा । मकवानपुरको सिस्नेरीमा पौडी खेल्ने क्रममा डुबेर ३ जना बालकको ज्यान गएको छ । इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ स्थित सिस्नेरी खोलामा जमेको पानीमा पौडी खेल्ने क्रममा उनीहरु डुबेर अचेत अवस्थामा उद्धार गरिएको थियो ।
मृत्यु हुनेमा स्थानीय सुन्दर आचार्यका छोरा १४ वर्षका सुशान्त आचार्य र काभ्रेको फुलबारी दाप्चाबाट मामा घर (सुन्दर आचार्य) को घरमा आएका १५ वर्षका प्रमेश घोरसैनी र १४ वर्षका प्रभात घोरासैनी रहेका छन् । प्रमेश र प्रभात दाजुभाइ रहेको प्रहरीले जनाएको छ ।
उपचारको लागि ललितपुर अस्पताल पुर्याएका उनिहरुलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरिक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिए ।
खोलाको पानी जमेर बनेको दहमा पौडी खेल्ने क्रममा स्थानीय सुशान्तसहित प्रमेश र प्रभात अचेत बनेका थिए । उनिहरुलाई उद्धार गरी उपचारको लागि काठमाडौं पठाइ...

















